वडास्तरिय फुटबल प्रतियोगिता, फाइनल को यात्रा मा चुलाचुली पाँच

देवेन्द्र पौडेल
जेष्ठ २६ चुलाचुली
इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ स्थित श्री पन्चकन्या आधारभुत बिद्यालय को खेल मैदानमा जारी प्रथम वडा स्तरिय खुल्ल नकआउट फुटबल प्रतियोगिता मा आज बाट सेमी फाइनल चरण का खेल हरु सुरु भएको छ ।
चुलाचुली २ स्थित एम.एफ.सि युवा क्लब ले गत जेष्ठ २२ गते देखी सन्चालन गरेको उक्त वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता मा चुलाचुली गाउपालिका भित्र का आठ टिम हरुको सहभागिता रहेको छ ।
“अनुसासन गतिशिलता र लगनसिलता खेलाडी उत्पादन हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ सन्चालन गरिएको उक्त प्रतियोगिता को मुख्य लक्ष भनेको खेलाडी उत्पादन नै रहेको छ भने २०७० साल देखी स्थानिय फुटबल खेलाडी हरु उत्पादन गरिरहेको सो एम.एफ.सि. युवा क्लब ले हाल ४० भन्दा बढी जुनियर फुटबल खेलाडीहरु लाई प्रशिक्षण गराइरहेको समेत जानकारी क्लब का अध्यक्ष बिधान लेक्वा ले बताउनु भयो । आगामी जेष्ठ २९ गते हुने फाइनल खेल सँगै समापन हुने प्रथम एम.एफ.सि वडा स्तरिय खुल्ला नक आउट फुटबल प्रतियोगिता को आज सम्पन्न पहिलो सेमीफाइनल खेल मा वडा नम्बर २ आयोजक लाई २/० गोल अन्तर ले जित निकालेको छ । आज पराजित हुने वडा नम्बर २ आयोजक ले चुलाचुली ६ नम्बर वडा लाई ३/१ गोल अन्तर ले गत जेष्ठ २२ गते प्रतियोगिता को उदघाटन मा भएको खेल मा पराजित गरेको थियो भनें आज सम्पन्न प्रथम सेमी फाइनल खेलको बिजेता चुलाचुली ५ नम्बर वडा ले चुलाचुली १ नम्बर वाडा लाई १/० गोल अन्तर ले पराजित गर्दै सेमीफाइनल को यात्रा तय गरेको हो ।
उक्त प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता मा भोली हुने दोश्रो सेमी फाइनल खेलामा चुलाचुली भेट्रान र चुलाचुली ४ नम्बर वडा बिचको प्रतिस्पर्धा हुनेछ । जेष्ठ २५ गते सम्पन्न खेल मा चुलाचुली भेट्रान टिम ले आयोजक को बि टिम लाई २/१ गोल अन्तर ले पराजित गर्दै सेमी फाइनल मा प्रवेस गरेको हो भनें अर्को चुलाचुली ४ ले चुलाचुली ३ लाई गत जेष्ठ २३ गते सम्पन्न खेल मा १/० गोल अन्तर ले पराजित गर्दै सेमी फाइनल मा प्रवेश गरेको थियो ।
आन्तरिक श्रोत ब्यवस्थापन गर्दै आयोजक सस्था एम.एफ.सि युवा क्लब ले सन्चालन गरेको यो प्रथम वडा स्तरिय खुल्ला नक आउट फुटबल प्र्तियोगिता को फाइनल खेलको बिजेता टोली ले नगद रु. २५ हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भनें उपबिजेता ले नगद रु. १५ हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।