देवेन्द्र पौडेल
जेष्ठ २७ चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे निवासी कुमार साँवा लिम्बुको हिजो दिउसो माङसेबुङ ४ को जंगल मा भिर बाट लडेर मृत्यु भएको छ ।
मृतक कुमार माङसेबुङ ४ निवासी आफ्नो भिनाजु को मलामी जाने क्रममा उक्त जंगल को बाटो हुँदै हिडिरहेका र भारी बर्षाको कारण चिप्लिएर लडेको हुन सक्ने पारिवारिक श्रोत ले जानकारी दिएको छ । उक्त स्थानमा मानिसको आवत जावत एकदमै कमी हुने भएकाले समय मै उनको उद्धार हुन नसकेको कारण ले मृत्यु हुन पुगेको पनि पारिवारिक श्रोतको भनाइ छ । मृतक कि बहिनी मनिका साँवा ले दिएको जानकारी अनुसार एक जना स्कुले नानीले भिरमुनी मानिस को आवाज सुनेपछी उनले उनका अभिभावक लाई खबर गरे पश्चात गाँउलेहरु पुग्दा उनको मृत्यु भइ सकेको पाइयो । मानिस मात्र आवतजावत गर्न सक्ने उक्त बाटो बाट लगभग ५० फुट तल उनको सब भेटिएको छ भनें लगाएको पाइन्ट तथा स्टकोट, साथ मा रहेको खुकुरी पनि कम्मर बाट खोलिएको अवस्था मा उन को सब भेटिएको छ । ६० वर्षिय मृतक साँवा का ३ छोरा र १ छोरी रहेका छन भने श्रीमती को गत बर्ष मात्रै मृत्यु भएको हो । अहिले स्थानिय प्रसासन ले शव को सनाखत गरी मुचुल्का उठाएर पोर्ष्ट्मार्टम का लागी तयारी गरी रहेको छ ।

Facebook Comments Box