चुलाचुली चार बन्यो वडा चयाम्पियन

सेरेङहाङ राइ
चुलाचुली
इलामको चुलाचुली मा जारी प्रथम एम एफ सि वडा स्तरिय फुटबल प्रतियोगिता को उपाधी चुलाचुली चार नम्बर वडा ले जितेको छ ।
श्री पन्चकन्या आधार भुत बिद्यालय को खेल मैदानमा जेष्ठ २९ गते सम्पन्न फाइनल खेल मा चुलाचुली चार नम्बर वडाले वडा नम्बर पाँच लाई १/ ० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिता को बिजेता बनेको हो ।
गत जेष्ठ २२ गते देखी सन्चालन भएको सो प्रतियोगिता मा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई र भेट्रान चुलाचुली माथी बिजयि हुँदै फाइनल मा प्रवेश गरेको हो भनें वडा नम्बर ५ ले चुलाचुली को वडा नम्बर १ र २ वडा लाई पराजित गर्दै फाइनल को यात्रा तय गरेको थियो ।
स्वास्थ्य ,अनुसाशित लगनसनिलता अनुशासित खेलाडी उत्पादन हाम्रो प्रतिवद्धता भन्ने नारा का सन्चानित सो प्रतियोगिता मा बोल्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले भन्नु भयो फुटबल को माध्यम ले सम्पुर्ण चुलाचुली का युवा हरु लाई एकता को सुत्र मा बाँधेको छ ।
जेष्ठ २९ गते सम्पन्न फाइनल खेलामा वडा नम्बर ४ का जर्शी नम्बर २३ का सुमन हाङसुरुम्वा ले गरेको गोल नै निर्णायक बन्यो ।उक्त प्रतियोगिता को म्यान अफ द म्याच चुलाचुली ४ का सुमन हाङसुरुम्वा भए त्यसै गरी म्यान अफ द सिरिज वडा नम्बर ४ का सागर राइ, बेष्ट गोल किप्पर चुलाचुली ४ का सुदिप थेवे, बेष्ठ डिफेन्स चुलाचुली ५ नम्बर का रबिन लिम्बु भएका छन भनें बेष्ठ मिड फिल्डर वडानम्बर ५ का निर्मल राइ र बेष्ट फरवार्ड वडा नम्बर ४ का जर्शी नम्ब र १० का खेलाडी भएका छन ।चुलाचुली मा पहिलो पटक एम एफ सि युथ चुलाचुली २ इलाम ले आयोजना गरेको वडा स्तरिय फुटबल प्रतियोगिता ले वडा भित्र रहेका क्षमता वान खेलाडी हरुको खेल कौसल दर्शक सामु प्रश्तुत गर्न पाएको अपेक्षा गरिएको छ भनें उक्त खेलको बिजेता टिम चुलाचुली ४ ले नगद रु. २५ हजारका साथ मा ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन भनें उप बिजेता टोली चुलाचुली ५ ले नगद रु. १५ हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उक्त फाइनल खेल को औपचारिक कार्यक्रम सस्था का अध्यक्ष बिधान लेक्वा को सभापतित्व मा सम्पन्न भएको हो ।