देवेन्द्र पौडेल
आषाढ ०१,इलामको चुलाचुली गाउ पालिका भित्र रहेका सामुदायिक तथा सस्थागत बिद्यालय हरुले बिद्यालय मा अध्यापन गराउने शिक्षक हरु को क्षमता अभिबृद्धी मा बिशेस ध्यान दिन थालेका छन ।

गत जेष्ठ १६ १७ र १८ गते चुलाचुली गाउपालिका को शिक्षा युवा तथा खेलकुद शाखा को आयोजना मा पुर्व प्राथमिक तहका शिक्षकहरु का लागी मन्टेष्वरि पद्धति मा आधारित ३ दिने क्षमता अभिबृद्धी तालिम सन्चालन गरेको थियो । चुलाचुली गाउपालिका भित्र रहेका बिभिन्न बिद्यालयहरु बाट २५ जना को सहभागिता रहेको सो तालिम लाई कृष्ण प्रसाद मिश्र ले तालिम लाई सहजिकरण गर्नु भएको थियो । उक्त तालिम चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित श्री बालज्योती माद्यमिक बिद्यालय को सभा हल मा सम्पन्न भएको थियो र उक्त कार्यक्रम को उदघाटन गत जेष्ठ १७ गते चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले औपचारिक उदघाटन गरिएको हो ।

त्यसै गरी चुलाचुली २ मा अवस्थित सस्थागत बिद्यालय श्री अमृत बोर्डिङ स्कुल मा अध्यापन गराउने शिक्षक हरु लक्षित १५ दिने क्षमता अभिबृद्धी कार्यक्रम जेष्ठ ६ गते देखी २१ गते सम्म सन्चालन गरेको थियो ,दैनिक डेढ देखी २ घण्टा सम्म सन्चालन हुने उक्त क्षमता अभिबृद्धी कार्यशाला मा श्री अमृत बोर्डिङ्ग स्कुलका ११ जना शिक्षक हरु को सहभागिता रहेको थियो भनें सो १५ दिने कार्यशाला लाई बृटिश ल्याङ्वेज तथा ट्युसन सेन्टर दमक का प्रमुख गगन लावती ले सहजीकरण गर्नु भएको थियो । पछिल्लो समय सस्थागत बिद्यालय हरु कमाइ खाने धन्दा हो, गरीब निमुखा ले पढाउनै नसक्ने खर्चिलो शैक्षिक प्रणाली भन्ने आरोप खेपिरहेका सस्थागत बिद्यालय हरु पनि समाज परिवर्तन का संवाहक हुने भन्ने उदाहरण अमृत बोर्डिङ स्कुलको यो तालिमले जनाएको छ ।

त्यसरि नै चुलाचुली ४ शान्ती चोक मा अवस्थित श्री पन्च बुद्ध बोर्डिङ्ग ले गत जेष्ठ २९ गते देखी १५ दिने शिक्षक हरु को क्षमता अभिबृद्धी तालिम सन्चालन गरेको छ । पछिल्लो समय हरेक अभिभावक हरु ले प्रशिक्षित शिक्षक हरु को खोजी गर्ने गरेका ले अबको समय मा शिक्षक हरु समेत स्मार्ट र समय सापेक्ष बन्न आवश्यक देखिएका ले तालिम सन्चालन गरे को ब ताउनु हुन्छ बिद्यालय सन्चालक बिक्रम आङथुपो त्यसरि नै चुलाचुली २ मा रहेको अमृत बोर्डिङ्ग स्कुल ले गत जेष्ठ २७ गते देखी आफ्नो बिद्यालय का ७ जना शिक्षक हरु लाई पुर्व प्राथमिक तहा को अध्यापन गराउन सहज होस भनेर ७ दिने तालिम हिजो ३२ गते समापन गरिएको छ । कृष्ण प्रसाद मिश्र ले उक्त कार्यक्रम लाई प्रसिक्षण गराउनु भएको थियो ।

Facebook Comments Box