सिमलतरुल अनुदान मा प्रमाण पेश नभएको महालेखा को दाबी
देवेन्द्र पौडेल
असार ४ चुलाचुली
इलामको चुलाचुली गाउपालिका ले आर्थीक वर्ष २०७९/८० मा शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धी कार्यक्रम अन्तरगत स्थानिय किशानहरु लाई सिमल तरुल मा बितरण गरिएको अनुदान बितरण प्रकृयागत नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
नेपालको संविधान को धारा २४१ मा संघ, प्रदेस र स्थानिय तहको लेखा कानुन बमोजिम नियमितता, मितब्ययिता ,कार्यदक्षता प्रभाबकारिता र औचित्य समेतको बिचार गरी महालेखा परिक्षक बाट लेखा परिक्षण हुने ब्यवस्था छ र सोही अनुसार महालेखा परिक्षक को कार्यालय बाट उक्त आ.व. मा चुलाचुली गाउपालिका को लेखा परिक्षण गर्दा प्रमाण पेश गर्नु पर्ने भनि रु. २० लाख ९७ हजार २ सय ७२ रुपैया देखाइएको छ ।
महालेखा परिक्षक कार्यालय को प्रतिवेदन अनुसार उक्त अनुदार बितरण कार्यमा कृषक छनौट आधार यकिन गर्ने , लागत साझेदारी अंश यकिन गर्ने सम्बन्ध मा पालिका बाट स्थलगत अनुगमन गरी लाभग्राही समुदाय संग आवश्यक छलफल गरी अनुदान बितरण को अवस्था र त्यसको उपायोगको प्रभाबकारिता यकिन हुने गरी कार्य प्रगती प्रतिवेदन पेश गर्नु पर्ने अन्यथा अनुदान को रकम असुलउपर गरी बेरुजु दाखिला गर्नु पर्ने सुझाब दिएको छ ।
उक्त कार्यक्रम मा चुलाचुली एक नम्बर वडा का ११ जना किशान वडा नम्बर दुइ बाट ८ जना तीन नम्बर बाट ८ जना चार नम्बर बाट २ जना पाँच नम्बर मा ५ जना गरी कुल ३७ जना किषान लाई स्थानिय सरकार ले २० लाख ९७ हजार २ सय बहत्तर रुपैया ५० प्रतिशत लागेत साझेदारी मा अनुदान स्वरुप बितरण गरेको थियो । आर्थीक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व निमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्ने कायविधी उल्लेख छ । सोही निकाय को उपनियम १० मा जिम्मेवार ब्यक्तिले सरकारी खर्च लेख्नु अघी त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भर्पाइ कागजात रहे नरहेको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रित पुगेको या नपुगेको जाँच गर्नु पर्ने ब्यहोरा छ । उक्त कार्यक्रम मा सहभागी कृषक स्वयमको लागत साझेदारी को ५० प्रतिशत रकम गाउपालिका को बैक खातामा जम्मा नगरि सोझै आपुर्तिकर्ता लाई भुक्तानी दिएको देखिएको छ । लाभग्राही किषान हरुको सम्पर्क नम्बर समेत भर्पाइ मा उल्लेख नगरिएको कारण लाभग्राही बाट उचित पृष्ठपोषण समेत लिन नपाइएको प्रतिवेदन मा उल्लेख छ । यता गाउपालिका कृषी शाखा ले दिएको जानकारी अनुसार पालिका स्तर मा सुचना प्रकाशन गरी इच्छुक किषान हरु बाट प्राप्त निवेदन हरु का आधारमा अनुदान बितरण गरिएको छ । यध्यपी पालिका स्तर बाट प्रगती प्रतिवेदन पेश गर्नु पर्ने अन्यथा अनुदान बितरण को रकम असुली गरी बेरुजु दाखिला गर्नु पर्ने जनाएको छ ।
उक्त प्रतिवेदन ले चुलाचुली गाउ पालिका मा आर्थीक वर्ष २०७९/८० मा रु ६ करोड १६ लाख २९ हजार बेरुजु देखिएको छ भने अहिले सम्म को अध्यावधिक बेरुजु ९ करोड २८ लाख १७ हजार रहेको छ । त्यसै गरि अघिल्लो आर्थीक वर्ष मा उक्त बेरुजु रकम ७ करोड ८७ लाख ३ हजार रहेको जानकारी महालेखा परिक्षक को प्रतिवेदन ले जनाएको छ ।
