देवेन्द्र पौडेल
असार ६ चुलाचुली

इलाम को चुलाचुली गाउपालिका मा आज असार ६ गते गाउँसभा को १४ औं अधिवेशन ले गाउँपालिका को वार्षिक निती तथा कार्यक्रम र वार्षिक बजेट समेत पारित गरेको छ ।
चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को सभाध्यक्षता मा सम्पन्न गाउसभा अन्तरगत १४ औ अधिवेशन को पहिलो बैठक मा चुलाचुली गाउपालिका को आर्थीक वर्ष २०८१/८२ को वार्षिक निती तथा कार्यक्रम सभाध्यक्ष राजेन्द्र केरुङ ले प्रस्तुत गर्नु भएको थियो र अधिवेशन को कार्यसुची अनुसार गाउपालिका को वार्षिक निती तथा कार्यक्रम उपर छलफल का क्रममा चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगु, २ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण श्रेष्ठ ,१ नम्बर वडा का वडाध्यक्ष पुर्ण लावती तथा ५ नम्बर वडाका वडा सदस्य राम प्रसाद नेपाल ले निर्णयार्थ आ आफ्ना संशोधन प्रस्ताबहरु पेश गर्नु भएको थियो भनें ति प्रस्ताब माथी सभाध्यक्ष राजेन्द्र केरुङ ले जवाफ दिनु भएको थियो र सभाध्यक्ष ले गाउसभा समक्ष निर्णयार्थ पेश गरिएको चुलाचुली गाउपालिकाको वार्षिक निती तथा कार्यक्रम २०८१/८२ सर्वसम्मत बहुमत ले पारित गरिएको छ ।

त्यसै गरी गाउसभा को उक्त अधिवेशन मा चुलाचुली गाउपालिका को आर्थीक वर्ष २०८१/८२ को कार्यक्रम तथा बजेट गाउपालिका उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समिती कि संयोजक दिल कुमारी लिम्बु योङहाङ ले कार्यक्रम तथा बजेट पेश गर्नु भएको थियो । बजेट पेश गर्ने क्रममा उपाध्यक्ष योङहाङ ले आर्थीक वर्ष २०८०/८१ मा गाउपालिका को कुल आय को संशोधित अनुमान ४७ करोड ३२ लाख ५७ हजार ९ सय ४६ रुपैया रहेको मा चुलाचुली गाउपालिका को आन्तरिक आय १ करोड ३५ लाख १९ हजार ३ सय २३ रुपैया रहेको र दहत्तर बहत्तर बिक्री बाट १ करोड ८ लाख १९ हजार रहेको जानकारी दिनु भयो । उक्त संशोधित आय मा २०८१ जेष्ठ मसान्त सम्ममा वास्तबिक आय ३९ करोड ७५ लाख ४६ हजार २ सय २९ रुपैया रहेको र सोही मिती सम्ममा जम्मा आम्दानी को ६३.७३ प्रतिशत खर्च भएको बताउनु भयो ।
उक्त गाउसभा को अधिवेशन मा उपाध्यक्ष दिल कुमारी ले आगामी आर्थीक वर्ष २०८१/८२ का लागी आन्तरिक आम्दानी १ करोड ११ लाख ३५ हजार र दहत्तर बहत्तर बिक्री बाट १ करोड सहित ४३ करोड १२ लाख ६३ हजार रुपैया को आनुमानित आय बिवरण पेश गर्नु भयो।

उपाध्यक्ष को बजेट बक्तब्य माथी छलफल को क्रममा चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पुर्ण लावती ,४ नम्बर वडाका वडा सदस्य निर कुमार राइले संशोधन प्रस्ताबहरु पेश गर्नु भएको थियो भनें ति प्रस्ताब उपर उपाध्यक्ष ले जवाफ दिनुका साथै चुलाचुली गाउपालिका को आर्थीक वर्ष २०८१/ ८२ को वार्षिक बजेट गाउसभा को १४ औं अधिवेसन बाट सर्वसम्मत पारित गरियो । त्यस्तै कार्यक्रम को सुन्य समय मा चुलाचुली ६ का वडा सदस्य काजिमान राइ ले चुलाचुली ६ नम्बर वडा का लागी यौटा छुट्टै ब्यकहोलोडर आवश्यक रहेको पनि बताउनु भयो ।
उक्त कार्यक्रम को अन्त्यमा गाउ कार्यपालिका सदस्य गंगा सुवेदी, नरेन्द्र वान्तवा राइ, पुर्ण लावती, सागर जवेगु, बबिन वान्तवा र गाउपालिका उपाध्यक्ष दिल कुमारी योङहाङ लिम्बु ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भनें सो गाउसभा को समापन पश्चात चुलाचुली गाउपालिका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल लाई उत्कृष्ठ कर्मचारी पुरस्कार ले तथा चुलाचुली ४ निवासी पत्रकार देवेन्द्र पौडेल लाई उत्कृष्ठ पत्रकारिता पुरस्कार ले सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box