इलाम टाइम्स संवाददाता
असार ७ चुलाचुली

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले पुर्वेली संगठन सुदृढीकरण अभियान इलाममा संचालन गरेको छ ।

उक्त अभियान अन्तरगत इलामको माइ नगरपालिका २ दाना बारी स्थित कन्काइ माध्यमिक बिद्यालय को खेल मैदान मा माईनगर समितिद्वारा “नगर स्तरीय अन्तर मा. बि. छात्र भलिबल प्रतियोगिता सम्पन्न गरेको छ भनें आज सम्पन्न फाइनल खेल मा प्रतियोगिताको उपाधी माइ नगरपालिका ४ सितली स्थित कन्काइ मा बी टिम ले हात पारेको छ भने उपविजेता सोही पालिका स्थित जनता मा बी टिम भएको छ। प्रथम हुने टिम नगद रु ७ हजार, का साथ मा मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद रु. ४ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। कार्यक्रम बोल्दै “यो अभियान शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेको र विभिन्न रचनात्मक कार्यक्रम एवं शैक्षिक बहस सहित जिल्लाका सबै पालिकाका शैक्षिक सस्थाहरुसम्म पुग्ने अखिल(क्रान्तिकारी) इलामका अध्यक्ष नयन बान्तवाले बताए।

प्रतियोगिता शिखर पौडेल को अध्यक्षता, ने.क.पा (माओवादी केन्द्र)माई नगर समितिका अध्यक्ष भक्त लुङ्गेलीको प्रमुख आतिथ्याता,अखिल (क्रान्तिकारी) केन्द्रिय समिति सदस्य तथा इलाम जिल्ला इन्चार्ज बिपिन पोख्रेल , केन्द्रिय सदस्य अभिमन्यु यादव, इलाम जिल्ला अध्यक्ष नयन वान्ताव , ने.क.पा (माओवादी केन्द्र) माईनगर समितिका उपाध्यक्ष चक्र कटुवाल , नगर समिति सचिव मदन लोक्ताम , अखिल (क्रान्तिकारी)का नेता राजेन्द्र लाहोर , शम्भु राई ,पुष्कर बोहोरा , वाइ सि एल नेपाल माई नगर समिति अध्यक्ष केशव दहाल (कोबिद) , वाइ सि एल नेपाल १ नम्बर प्रदेश सदस्य ज्ञान ब गुर्बछान रहनु भएको थियो।

Facebook Comments Box