मनुशा पौडेल, चुलाचुली
इलामको चुलाचुली गाउपालिका मा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा जन्मदर १५.९२ प्रतिशत तथा मृत्युदर ९.६२ प्रतिशत ले घटेको छ ।
गत आर्थिक वर्ष २०८९/८० मा पालिका भित्र रहेका ६ वटा वडाहरु को पन्जिकरण को बिवरण अनुसार जम्मा ८ सय ५९ जना को जन्म दर्ता गरिएको छ भनें चालु आर्थीक वर्ष २०८०/८१ मा ६ सय २३ जना को मात्रै जन्मदर्ता भएको छ । गत वर्ष भन्दा चालु आ.व. मा २ सय ३६ जना कम भएको देखिन्छ र यसलाई प्रतिशत मा हेर्ने हो भने १५.९२ प्रतिशत कम रहेको छ । जेष्ठ मसान्त २०८१ सम्म को प्राप्त बिवरण अनुसार आ.व.२०७९/८० मा ४ सय २० जना महिला र ४ सय ३९ जना पुरुष गरि जम्मा ८ सय ५९जनाको जन्म दर्ता भएको छ भनें चालू आ.व. ८०/८१ मा ३ सय ३४ जना महिला र २ सय ८६ जना पुरुष गरि जम्मा ६ सय २३ जनाको जन्म दर्ता भएको छ । उक्त बिवरण अनुसार अघिल्लो वर्ष महिलाको जन्मदर बढी भएता पनि यस वर्ष भनें पुरुष को जन्मदर बढेको देखिन्छ । समग्र पालिका को जन्मदर घटेता पनि वडा नम्बर ५ को भनें बढेको आँकडा ले देखाएको छ चुलाचुलिको वडा नम्बर ५ मा गत आ.व. मा ५९ जनाको जन्मदर्ता गरिएको थियो भनें चालू आ.व. को जेठ मसान्त सम्म मा ७४ जनाको जन्म भएको छ ।

त्यसै गरि चुलाचुली गाउँपालिका को मृत्युदर पनि घटेको छ, गत आ.व. मा गाउपालिका भरिमा १ सय ८९ जनाको मृत्यु भएको थियो भने चालू आ.व. को जेठ मसान्त सम्म मा उक्त संख्या घटेर १ सय ५५ जनामा झरेको छ र उक्त दुइवटा आर्थिक वर्ष को तुलना गर्दा गत आव भन्दा चालू आव मा ३४ जना कम रहेको र यसलाइ प्रतिशत मा हेर्ने हो भनें ९.६३ प्रतिशत हुन आउँछ ।गत आव ७९/८० मा ८५ जना महिला र १ सय ४ जना पुरुष गरि कुल १ सय ८९ जनाको मृत्यु भएको थियो भनेँ चालू आव ८०/८१ को जेठ मसान्त सम्म मा ७४ जना महिला र ८१ जना पुरुष गरि कुल १ सय ५५ जनाको मृत्यु भएको छ ।उक्त आँकडा अनुसार चुलाचुली गाउपालिका मा महिलाको भन्दा पुरुष को मृत्युदर बढिभएको देखिन्छ । समग्र गाँउपालिका को मृत्यु दर घटेता पनि वडा नम्बर २ र ५ को भनें यो दर उकालो लागेको आँकडा ले देखाएको छ ।बिवरण अनुसार चुलाचुली २ नम्बर वडाको गत आव मा २४ जना को मृत्यु भएको थियो भने सो संख्या चालू आव८०/८१ मा बढेर २७ जना पुगेको छ ।त्यसै गरि चुलाचुली कै वडा नम्बर ५ मा पनि मृत्युदर बढेको छ गत आवको बिवरण अनुसार १९ जनाको मृत्यु भएको थियो भनें चालू आव ८०/८१ मा सो संख्या बढेर २४ जना पुगेको छ । उक्त दुई वटा वडामा किन पुरुष को मृत्युदर बढ्यो भन्ने सन्दर्भमा केही ब्यक्ती हरु संग प्रतिकृया माग्दा मिश्रित प्रतिकृया हामिले पाएका छौ ।ग्रामिण भुभाग भएकाले जिविकोपार्जन का लागी कडा मेहनेत गर्नु पर्ने भएकाले घर चलाउन समेत पुरुष कै मुख्य जिम्मेवारी हुने हुदा खानपान का कारण पुरुषको मृत्युदर बढेको हुनसक्ने स्थानिय बुद्धिजिवी हरुको भनाइ छ ।

Facebook Comments Box