“कुण्ठित राजनीति”

सौरभ बाँस्कोटा’विचारक’
संसार गतिशील समयसँगै दौडिरहेको परिवर्तनशील राजनैतिक भेलभित्र बगिरहे पछि हरेक ढुङ्गामुढा,बाधार्चन,आदिइत्यादिको सामना पनि पक्कै गरिरहेको छ।समयमै बाध बाधेर किनारा बिराएपछी मलिलो लेदो हालेर गोडमेल गर्नेहरु उहिल्यै उन्नतिशील बनिसके,तर बाढिको मज्जा र चाख लिइ कम्मरमा हात राखेर भेलकै लतमा उत्तेजित हुनेहरुले भने नीतिगत वृक्षारोपणको अवसर गुमाउनु पर्यो!
हेर्दाहेर्दै भेल शान्त बनिसकेको थियो,तर भेलले पहिरो फुटाएपछि रजैयाको झरिमा भिज्नेहरुचाहिँ बगरको पुच्छारमा पुगेर मात्र उत्तेजनाबाट बाहिरिए,के गर्नु? अब समयसंगै दौडेको त्यो राजनैतिक भेलले बिहार नागिसकेछ।सो पश्चात् मुलुकको राजनीतिमा धार लगाउन त त्यसै ढिला भै गयो। १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्नेहरु खै कता गए?जुगौ बितिसक्दा पनि मुलुकमा बिकासिलो अभिवृद्धि ठप्प मात्र छ,कारण कुण्ठित राजनीति!!
हो यस्तै;दोस्रो विश्वयुद्धको सामना पश्चात् विश्वशान्ति स्थापना भएको थियो।अब आर्थिक समृद्धिले फड्को मार्नुपर्ने ज्ञान मगजमा आइसकेको थियो र त्यसै विचार समाएर चल्नेहरु नै हुन २१औं शताब्दीमा विकसित राष्ट्रको दर्जामा पर्ने,भने शासनसत्ताको लोभ र सौदाबाजिको काडे तारमा अल्झिन पुगेका मुलुक भावनात्मक उत्तेजनाको सिकार बन्न पुगे,तिनैले त सोच्दा सोच्दै आजको परिप्रेक्षमा समेत अविकसितको खुट्लिको नाघ्न सकिरहेका छैनन्।
यसै सन्दर्भमा नेपाली राजनीति पनि आजको दिनमा वैशालु यौवनमा दाम्लो फुकेर बड्केको बाछो झै बिना लक्ष्य दौडिरहेको छ,सायद बुढेसकालमा मुलुकका राजनेतामा बढेको उत्तेजनाले पो होकि?यो सबैको जिज्ञासाको विषय बनेको छ।राजा फालेर के पायौँ?जनान्दोलनपछिको परिवर्तन खै?हाम्रो जुगौदेखिको राजनैतिक सङ्हर्ष केका लागि थियो?सङ्घियताले के दिलायो?खोक्रा राष्ट्रवादिको आश्वासन कहिले सम्म? यी सबै वर्तमानमा हरेक नेपाली नागरिकको मनमगजमा उत्पन्न भइरहेका उत्तरविहिन प्रश्न भन्न बाध्य हुनुपरेको छ जसको सबै दोष विचौलिया,नालायक र भ्रष्ट नेता भनौदाको सिंहासनमा रहेको अड्डा जमात र लुछालुछी नै हो।नातावाद,कृपावाद,अनियमितता,
अपारदर्शीता,लाजविहिनता,स्वार्थ,दलाली जस्ता विकृतियुक्त घिनलाग्दा अभ्यासले नेपाली राजनीति अनकन्टार जङ्गलमा गैडा सिँगौरी खेल्ने आहाल सरह कसो नबनेको होला र!
यो प्रतियोगिताको दुनियाँमा आर्थिक समृद्धिको लडाइँ लडेर राष्ट्रलाई समृद्धको बाटोतर्फ धकेल्न त कहाँ हो कहाँ उल्टै देशलाई खर्बौ विदेशी ऋणमा चुर्मुम्म डुबाउन पछि नहट्ने भरौटेहरुले हाम्रो ईतिहास, नीतिगत पाइला र सिङ्गो नेपाली राजनीतिलाई नै लाजनितीमा परिणत गरिसके,लाज जनतालाई लागिसक्यो,मुलुकको शिर र गौरवता विश्वसामु निहुरिसक्यो तर भ्रष्टवादीहरु अझै सुरुवालको इजार तान्दै कुर्सिमा पदासिन छन्।
सरकार संबिधानलाई होच्याएर असम्बैधानिक कदम चाल्ने,नितिगत पाइला र मर्यादाको ख्याल नगरी एतिहासिक योजनालाई लत्याइ नागरिकको पेटमा छुरा हान्ने कहिले सम्म हँ?संविधान तिम्रो बाजेको पुर्ख्यौली सम्पत्ति हो?त्यसो त सबक सिकाउन प्रतिपक्षी र सरकारको लाचार कार्यविरोधी अनेकौ विधि अप्नाइरहेछ्न,तर सबैको माग र आवाज उखानसँगै घाममै सुकिरहेका छन,सरकार कानमा तेल लगाएर बसिरहेको छ।विचरा के गरोस बहुमत असुल्नु छदैछ,आखिर विश्वास त नागरिक कै मत न हो!!
लोकतन्त्र,समानता,राष्ट्रवाद,स्वरोजगार र समृद्ध नेपालको मुद्दा लिएर तिमी हिजो लडेको साँचो हो,तर के आज चाहिँ सांसद विघटन र पुनर्गठनको हिच्चाकिच्ची,बालुवाटार र सिंहदरबारको जग्गा समाएर सर्वोच्च धाउनु मात्र तिम्रो मुल मुद्दा हो?बलात्कारी र देशद्रोही विरुद्ध कतिपटक अदालत धायौ?
हरे!कति सहनु नेपाली जनताले,प्राकृतिक स्रोतको विनाश र खोलानदि तटबन्ध गर्नुको साटो दिनहुँ अवैध उत्खनन गर्नाले वरिपरि बसोबास गर्ने वासिन्दामा पिउने पानी र दिनचर्या चलाउने स्रोतसाधन सुक्दै र लोपहुदै गैरहेका छन,अनि यहाँ कुरो चुरे दोहन परियोजनामा आधारित बनेको छ।अरे!जनतालाई सुखसन्तुष्टी प्रदान गर्ने कुन समृद्ध सपनाको माध्यम हो यो?
आदिवासीलाई आकाशको छानो दिएर सरकार राजमार्गमाथी पुल निर्माण गर्छ,सर्वाहाराको जागरुक भाषण लगाएर सरकार मजदुरको पसिना र रगत जुका सरह चुसिरहन्छ,राष्ट्र सङ्कटको घडीमा सरकार पार्टीको चाजोपाजो मिलाउनै व्यस्त छ;अब यिनलाई नालायक,स्वार्थी र विचौलिया नभने कस्लाई भन्ने?सरकार तिमी कुन लोकतान्त्रिक पद्धतिको सिमाङ्कन भित्र पर्छौ?
यत्तिमात्र कहाँ हो र!हप्तै पिच्छे मन्त्रीमण्डल फेरबदल
वाह!दरबार भत्काएर दरबार खडा गर्नेहरु देख्दा अचम्म लाग्छ,आश्चर्य चकित हुन्छु अनि पारो तातेर आउँछ,राष्ट्रभक्तिको काँचो रगत उम्लेर आउँछ
-थुइक्क!!तिम्रो राष्ट्रियता
-घिनलाग्दो तिम्रो ‘वाद’ विस्तार!
अन्तत:अब चुप नबसौँ,यी भष्ट्रवादी र दलालहरु सकिनै पर्छ,धार दोब्रेको’कुण्ठित’ नेपाली राजनीति सिधा बनाउनै पर्छ,हाम्रो खिया परेको नीतिमा धार लगाउनै पर्छ,जनता सचेत हुनै पर्छ, नागरिक जाग्नै पर्छ,अब राजनीतिक अभ्यासमा मात्र अल्झिनु बेकार छ,यो प्रतियोगात्मक दुनियाँमा मुलुकले काँचुली फेर्ने अब एउटै मात्र उपाय”आर्थिक समृद्धिको लडाइँ र अर्थ व्यवस्थाको व्यवस्थापन” नभए कुण्ठित राजनीतिलाई लिएर समृद्ध नेपालको सपना साकार गर्न खोज्दा खोज्दै कलियुग अन्त्य भएको पत्तै नहोला!
चुलाचुली-५,इलाम