सबै वडाहरु लाई जोडदै चुलाचुली मार्ग
देवेन्द्र पौडेल,श्रावण २३ पेल्टिमारी/इलाम को चुलाचुली गाउपालिका का सबै वडा हरुलाइ एउटै सडक ले जोडने भएको छ । जस अनुसार वडा नम्बर एक मा कालोपत्रे सडक हरुको निर्माण कार्यले निक्कै तिब्रता पाइरहेको छ ।
गत आर्थीक वर्ष २०७९/८० मा एक करोड ९० लाख ८९ हजार रुपैयाको लगानीमा बाग्द्वार खोला देखी किराँत माङहिम हुँदै शिवज्योती आधारभुत बिद्यालय सम्म ११ वटा कल्भर्ट र ५४ मिटरको ड्रेन सहित ८५० मिटर कालो पत्रे सम्पन्न गरिएको थियो भनें चालु आर्थीक वर्ष २०८०/८१ मा सोही सडक लाई निरन्तरता दिदै शिवज्योती आधारभुत बिद्यालय देखी वडा कार्यालय जाने चौबाटो सम्म ४ वटा कल्भर्ट ३ वटा क्रसड्रेन सहित ७ सय ५६ मिटर कालोपत्रे रु. एक करोड दुइ लाखको लगानी मा निर्माण सम्पन्न भएको छ । चुलाचुली गाउपालिका मार्फत सन्चालन गरिएको चुलाचुली मार्ग कालोपत्रे अन्तरगत दुइ आर्थीक वर्ष मा ३ करोड भन्दा धेरै बजेट १ नम्बर वडा मा लगानी गरेर छ । भनें आगामी आर्थीक वर्ष २०८१/८२ मा सहिद धिरेन माङतोक मार्ग को कालोपत्रे का लागी कोशी प्रदेश सरकार ले रु. एक करोड पचास लाख रुपैया बिनियोजन गरेको छ । चुलाचुली गाउपालिका को सुगम वडाका रुपमा मानिएको वडा नम्बर एक मा यसरि कालोपत्रे हरुको निर्माण भइरहेका ले स्थानिय बासिन्दा हरु हर्षित भएको पाइएको छ । स्थानिय छत्रहाङ जबेगुका अनुसार स्थानिय हरु लाई मापदण्ड र गुणस्तर को त्यती राम्रो ज्ञान नभएता पनि निर्माण कम्पनी ले जती सक्दो काम को गुणस्तर भने दिन खोजेको स्थानियहरु को अनुभब छ ।
चुलाचुली गाउ पालिका मार्फत सन्चालन गरिएको चुलाचुली मार्ग कालोपत्रे अन्तरगत को आ व २०८०/८१ मा सम्पन्न भएको काम मा प्रयोग भएका कच्चा पदार्थ हरु गुणस्तरिय रहेको पाइएको बताउनु भयो चुलाचुली १ नम्बर वडा का वडा सचिब तथा प्राविधिक गोबिन्द ढकाल ले ।
कालो पत्रे गर्नु पुर्व गरिनु पर्ने स्टक्च र को काम हरु धेरै भकाले र कालोपत्रे तयारी का प्लान्टहरु समेत अत्यन्तै ब्यस्त हुने भएका ले आर्थीक वर्ष को अन्त्य तिर मात्रै कालो पत्रे गर्न सकिएको बताउनु भयो निर्माण कम्पनी शिव पावर कन्स्ट्रक्सन झापाका प्रतीनिधी राजन राई ।
चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेका कच्ची र पक्की ४६ वडा मार्गहरु मा यो नै पहिलो कालोपत्रे बाटो हो । चुलाचुली गाउपालिका भित्र कालोपत्रे ले नछोएको वडा नम्बर १ मा समेत कालो पत्रे बाटो हरु निर्माण गर्न हाम्रो स्थानिय सरकार को पाला देखी सुरु भएको र दुइ आर्थीक वर्षमा २ किमी भन्दा धेरै कालोपत्रे गरी सकेको बताउनु हुन्छ चुलाचुली गाउ पालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग र आगामी दिन मा सबै वडा हरु मा समावेसी तरिका ले सडक हरु को कालोपत्रे गर्ने पनी वहाँ ले जानकारी दिनु भयो ।
बिकास र सम्बृद्धिको पहिलो खुडकिलो सडक निर्माण , सडकको अन्तिम स्तर उन्नती कालोपत्रे जसलाइ गुणस्तरिय र मजबुत बनाएमा मात्रै गाउँ समाज र देशलाइ सम्बृद्धी तर्फ लैजान सकिन्छ अन्यथा बिकासको नाममा सस्तो लोकपृयता , बिपक्षी हरुलाइ कुरा काटने खेती र स्थानिय हरुलाइ सास्ती र हैरानी मात्रै हुने भएकाले बेलैमा सडक निर्माण गर्नु पुर्व ,निर्माण गर्दाका बखत र निर्माण पश्चात उक्त सडकहरुको संरक्षण मा स्थानिय बासिन्दा र स्थानिय, प्रदेश र संघिय सरकार सबै जिम्मेवार बन्न आवस्यक देखिन्छ ।
