देवेन्द्र पौडेल
श्रावण २१, चुलाचुली

आगामी श्रावण १२ गते देखी चुलाचुली मा हुन गइ रहेको “चुलाचुली च्याम्पियन्स लिग २०८१” का लागी टिम हरुको समिकरण पुरा भएको छ ।
चुलाचुली ४ शान्ती चोक स्थित चुलाचुली च्याम्पियन्स लिग आयोजक कमिटिको अस्थाई सम्पर्क कार्यलय मा हिजो श्रावण २० गते प्रतियोगिता मा सामेल हुन इच्छुक फुटबल क्लब हरुले आवश्यक शर्तहरु पुरा गर्दै टिमहरु को नाम दर्ता गराएका हुन ।
उक्त प्रतियोगिता को लागी समुह चरण खेल हरु यही श्रावण १२ गते देखी चुलाचुली ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालय को खेल मैदान मा हुनेछ र उक्त प्रतियोगिता का लागी चुलाचुली १ नम्बर वडा बाट २ वटा टिमहरु सहभागी हुनेछन “हातिलेदा कमल स्पोर्टिङ्ग क्लब”(HK) टिम ए र बि , २ नम्बर वडा बाट “मोरङे फुटबल क्लब” (MFC) र “सामाजिक वातावरणिय बिकास मन्च”(SEDS) त्यसै गरी चुलाचुली को ३ नम्बर वडा बाट “पेल्टिमारी फुटबल क्लब”(PFC), “देउराली फुटबल क्लब” र “स्टार इलाम स्पोर्टिङ क्लब” ले प्रतियोगिता मा सहभागी जनाउनेछन भने चुलाचुली ४ नम्बर वडा बाट “सिद्धार्थ फुटबल क्लब” र “स्टार स्पोर्टिङ क्लब” को सहभागिता रहने छ ।त्यसरि नै चुलाचुली ५ नम्बर वडा बाट “बुकुवा फुटबल क्लब”(BFC) ले सहभागी जनाउनेछ भने चुलाचुली ६ नम्बर वडा बाट दुइ वटा टिमहरु “फुङनाम स्पोर्टिङ क्लब” र “युनियन युवा क्लब”(UFC) गरी सो प्रतियोगिता मा चुलाचुली गाउपालिका भित्र का १२ टिमहरु बिच प्रतिष्पर्धा हुनेछ । को बिजेता र उपबिजेता टिम टप आठ मा प्रवेश गर्नेछन र समुह को तेश्रो टिम भनें प्रतियोगिता बाट बाहिरिने छ ।
प्रतियोगिता को दोश्रो चरण टप ८ का खेल हरु, तेश्रो चरण को क्वाटर फाइनल तथा चौथो चरण को सेमी फाइनलका खेलहरु सहभागी क्लब हरुको गृह मैदान मा सन्चालन हुनेछ भनें प्रतियोगिता को फाइनल खेल आयोजक को ब्यवस्थापन मा चुलाचुली भित्र को कुनै एक खेल मैदान मा हुने जानकारी चुलाचुली च्याम्पियन्स लिग सन्चालन समिती का संयोजक कैलाश थुलुङ ले जानकारी दिनु भयो ।
चुलाचुली को फुटबल इतिहास मा सबै भन्दाअ ठुलो र गौरब को प्रतियोगिता सो च्याम्पियन्स लिग बिजेता टिम ले नगद एक लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भनें उपबिजेता टिमले नगद रु ५० हजार को साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Facebook Comments Box