बोलेनन सुहाङ ,चुलाचुली अस्पताल अझै अन्योल मा
देवेन्द्र पौडेल
साउन २ पेल्टिमारी
इलाम को निर्वाचन क्षेत्र नम्बर दुइ का संघिय सांसद सुहाङ्ग नेम्वाङ ले चुलाचुली मा निर्माण सम्पन्न भइ सकेर पनि सन्चालन मा नआएको चुलाचुली सामुदायिक अस्पतालको स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन ।
नेपाल सरकार को ‘एक स्थानिय तह एक अस्पताल’ को अवधारणा अनुसार निर्माण सम्पन्न भएको १५ सैयाको चुलाचुली सामुदायिक अस्पताल निर्माण कम्पनी ले निर्माण सम्पन्न पश्चात स्थानिय तह लाई हस्तान्तरण गरिसकेको अवस्थामा अस्पताल भनें सन्चालन मा नआएको कारण सुहाङ ले अनुगमन गरेको हुन सक्ने अनुमान गरिएको छ ।
बिना कुनै कार्यतालिका अचानक चुलाचुली आइ पुगेका मानानीय सांसद सुहाङ नेम्वाङ्ग को यो अनुगमन का सन्दर्भ मा केहि स्थानिय पत्रकार हरु ले जिज्ञासा राख्दा वहाँ बोल्न चाहनु भएन, सन्चारकर्मी हरु को क्यामेरा अफ गर्न लगाउदै वहाँले भन्नु भयो “मिडिया मा आएर स्टनबाजी नगरौ अस्पताल को बारेमा बोल्ने कुराहरु सबै अन्य ब्यक्तीहरु बाट जानकारी भइ सकेको छ, अब मैले पनि बोल्ने त्यही कुरा न हो” ।
गत बैसाख १५ मा सम्पन्न उपनिर्वाचन मा पुर्व सांसद स्व. सुवास चन्द्र नेम्वाङ का सुपुत्र सुहाङ नेम्वाङ ले नेपाली काँग्रेस का उम्मेद्वार डम्बर खडका लाई पराजित गर्दै इलाम क्षेत्र नम्बर २ का संघिय सांसद मा बिजयि बनेका हुन । निर्वाचित भए पश्चात चुलाचुली आएर सार्वजानिक चासोका बिषय मा अनुगमन गरेको उनको यो पहिलो भ्रमण रहेको छ जसमा अस्पताल नै किन हेर्न चाहे सुहाङले ? के उक्त अस्पताल मा केहि कमजोरी छ ? अस्पताल तयार हुँदा पनि किन सन्चालन मा आउँदैन? के यो अस्पताल सन्चालन नहुने त हैन ? भन्ने जस्ता जिज्ञासाहरु स्थानिय मा उब्जिन थालेको छ भनें मानानीय को यो अनुगमन र भ्रमण अनि मौनता ले झनै चुलाचुलीबासी लाई त्रासित बनाएको छ ।
यता स्थानिय सरकार लाई भनें निर्माण कम्पनी ले निर्माण सम्पन्न गरी हस्तान्तरण पश्चात अस्पताल सन्चलन का लागी दबाब आएको छ । भौतिक संरचना को अत्यन्तै समस्या का बाबजुत अहिले चुलाचुली सामुदायिक अस्पताल गाउपालिका को प्रशासकिय भवन बाटै सन्चालन गरिदै आएको छ । अस्पताल को भौतिक संरचना मात्रै तयार भएको र सो भवन लाई सन्चालन मा ल्याउन का लागी आवश्यक उपकरण र जनशाक्ती ब्यवस्थापन स्थानिय सरकार को मुख्य चुनौती को पाटो रहेको छ ।जसका लागी आर्थीक ब्यवस्थापन औजार उपकरण को प्रवन्धका लागी लागीपरेको स्थानिय सरकार प्रमुख राजेन्द्र केरुङ बताउनु हुन्छ । अस्पताल सन्चालन का लागी आवश्यक बजेट ब्यवस्थापन गर्न थप सहयोग मिल्ने अपेक्षा राख्दै चुलाचुली गाउपालिका ले अस्पताल परीशर मा पुराण को आयोजना गर्नु का साथै साँगितिक कन्सर्ट को समेत आयोजना गर्न लागिएको गोप्य श्रोत बाट जानकारी प्राप्त भएको छ ।
यस अस्पताल का अलवा नेता नेम्वाङ ले चुलाचुली ३ मा निर्माणाधिन सिमल तरुल प्रशोधन केन्द्र को समेत निरिक्षण गर्नु भएको छ भनें स्थानिय चाँजु खोला ,कमल खोला ,बिधुवा खोलाले गरेको क्षति र आगामी दिन मा क्षति न्युनिकरण गर्नु पर्ने स्थानहरु को समेत निरिक्षण र अवलोकन मा सहभागी भएका थिए । आगामी आर्थीक वर्ष २०८१/ ८२ का लागी मानानीय सांसद सुहाङ नेम्वाङ ले चुलाचुली गाउपालिका लाई प्रत्यक्ष प्रभाब पार्ने आठ करोड बराबर बिभिन्न योजना हरु छनौट गरी बजेट समेत सुनिश्चित गरिएको छ ।
