देवेन्द्र पौडेल
चुलचुली

इलाम को चुलाचुली गाउपालिका मा आज देखी “प्रथम चुलाचुली च्याम्पियन्स लिग फूटबल प्रतियोगिता” सुरु भएको छ ।
चुलाचुली गाउपालिका भित्र का १२ वटा क्लबहरु सहभागी हुने उक्त प्रतियोगिताको आज गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले औपचारिक उदघाटन गर्नु भएको हो भनें चुलाचुली च्याम्पियन्स लिग प्रतियोगिता सन्चालन समिती को आयोजना रहेको तथा इन्स्पाय र इङलिश बोर्डिङ स्कुल को मुख्य प्रायोजन मा सो प्रतियोगिता सुरु गरिएको हो ।
स्थानिय फुटबल खेलाडी तथा फुटबल क्लब हरु लाई ब्यावसायिक बनाउनु का साथै नयाँ खेलाडी हरु उत्पादन गर्ने मुख्य उद्देश्य रहेको सो चुलाचुली च्याम्पियन्स लिग फुटबल प्रतियोगिता चुलाचुली को फुटबल इतिहास मा नै नयाँ र नौलो साथै ठुलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

चुलाचुली ४ आइतबारे स्थित श्री बालज्योती माध्यमिक बिद्यालय को खेल मैदान मा आज सम्पन्न औपचारिक उदघाटन मा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ चुलाचुली १ देखी ५ सम्म का वडाध्यक्ष हरु लगायत को उपस्थिती रहेको थियो । आयोजक र उदघाटन खेल मा सहभागी टिम हरु को आधिकारिक लोगो अंकित झण्डाहरु झाण्डोत्वलन गर्दै सो प्रतियोगिता को औपचारिक उदघाटन गरिएको हो । साथै उदघाटन कार्यक्रम मा इन्स्पाय र बोर्डिङ स्कुल का एनसिसि दल ले कार्यक्रम मा सहभागी सम्पुर्ण लाई सलामी समेत अर्पण गरेको थियो ।

चार समुह मा बिभाजन गरेर सन्चालित सो प्रतियोगिता ३ चरण मा सम्पन्न हुनेछ । समुह सि मा रहेको देउराली एफ.सि. र सिद्धार्थ एफ.सि. बिच आज सम्पन्न खेल मा सिद्धार्थ ले देउराली लाई १ गोल गरेको हो । सिद्धार्थ का जर्शी नम्बर ७ का खेलाडी निर्मल राइले खेलको दोश्रो हाफ को ११ मिनेट मा गोल गरेका थिए भनें खेल को नियम बिपरित खेलेको भन्दै सिद्धार्थ का एक जना खेलाडी र देउराली का एक जना खेलाडी लाई एम्पायार लीला बास्कोटा ले पहेलो कार्ड दिएका थिए ।

इलाम को चर्चित फुटबल क्लब रेडहर्स का खेलाडी हरु मिङमा गुरुङ तथा निशाम राइ लाई साथ लिएर मैदान मा आएको सिद्धार्थ एफ.सि. ले आगामी श्रावण २८ गते युनिक एफ.सि. साकफारा दसमी सँग खेल्नेछ भने देउराली एफ.सि ले आगामी श्रावण २३ गते सोही युनिक एफ.सि साकफारा दसमी संग प्रतिष्पर्धा गर्नेछ । इलाम जिल्ला मा बिरलै आयोजना हुने यस्ता लिग फुटबल प्रतियोगिता जिल्लाको दोश्रो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघले ईलाम को ठुलो टुंडिखेल मा आयोजना गर्ने गरेको “एन्फा इलाम जिल्ला लिग” यस्तो खाले खेलको पहिलो प्रतियोगिता हो । यसमा जिल्ला फुटबल संघ इलाममा दर्ता भएका १३ क्लब हरु बिच प्रतिष्पर्धा हुने गर्दछ जसको पछिलो सस्करण गत जेष्ठ ११ गते देखी १९ गते सम्म सन्चालन मा रहेको थियो भनें सो प्रतियोगिता को बिजेता रेडहर्श इलाम रहेको छ भने उपबिजेता त्रीवेणी युवा क्लब थियो ।

आगामी दिनमा यस्ता जिल्ला भित्र र बाहिर हुने प्रतियोगिता मा चुलाचुली गाउपालिका बाट समेत सहभागिताका लागी खेलाडी उत्पादनमा यो प्रतियोगिता फलदायी हुने देखिन्छ ।

Facebook Comments Box