इलामको चुलाचुली गाउपालिका वडा नम्ब र ३ र ४ मा रहेको श्री शिवालय सामुदायिक बन उपभोक्ता समिती को साधारण सभा का साथै कार्यसमिती पुन गठन सम्पन्न भएको छ ।
हिजो श्रावण १२ गते चुलाचुली ४ स्थित साँचे दोभान मा सम्पन्न उक्त कार्यक्रम बाट हंश बहादुर जवेगु को अध्यक्षता मा ११ सदसिय कार्य समिती समेत चयन गरिएको छ. पुन:गठित समिती को उपाध्यक्ष मन बहादुर थुलुङ, सचिब सरु पालुङ्वा, सह सचिब चक्र गजमेर, कोषाध्यक्ष चन्द्रकला मादेन र सदस्य हरु मा प्रकाश सिप्तुङखा, दमाइ जुरे राइ ,सनमाया तामाङ्ग गिता भण्डारी पन्चमाया लिम्बु र दिलिप राइ रहनु भएको छ ।
हिजो सम्पन्न उक्त साधारण सभा ले ३ सदसिय लेखा उप समिती र सल्लाहकार समिती को समेत छनौट गरेको छ । लेखा उप समिती संयोजक मा लोकनाथ पौडेल तथा सदस्यहरु मा मिना राइ र चन्द्र बहादुर राइ रहनु भएको छ । त्यसै गरी सल्लाहकार उप समिती संयोजक मा नरेन्द्र कुमार राइ वान्तवा र सदस्य हरु मा नेपाल सिं राइ , मैत बहादुर तामाङ्ग र मन कुमार तामाङ रहनु भएको छ ।
उक्त साधारण सभा मा चुलाचुली गाउ पालिका वडा नम्बर ३ का वडा ध्यक्ष प्रेम कुमार श्रेष्ठ ४ नम्ब र वडा का वडाध्यक्ष सागर जवेगु का साथै पेल्टिमारी प्रहरी चौकी का इन्चार्ज अनिल कुमार थापा लगायत को उपस्थिती रहेको थियो ।

Facebook Comments Box