सन्दिप राई/देवेन्द्र पौडेल -चुलाचुली

चुलाचुली च्याम्पियन लिग अन्तर्गत प्रतियोगिता को तेस्रो खेल तथा समूह A को पहिलो समूह चरण खेल भोलि १६ गते मोरङ्गे झोडा फुटबल क्लब (MFC) र बुकुवा फुटबल क्लब (BFC) बिच हुदैछ।

सो खेल मोरङ्गे झोडा फुटबल क्लब को घरेलु मैदान मा अपरान्ह को ठिक ४ बजे बाट सुरु हुनेछ। अनुभवी खेलाडी हरु नेपालको बि डिभिजन को फुटबल क्लब सामाजिक युथ क्लब का कुसल खेलाडी सागर लिम्बु का साथै सोही क्लब बाट खेल्ने स्थानिय चुलाचुली का भरपर्दा खेलाडी बिकास लिम्बु को साथ मा MFC ले बुकुवा लाई आफ्नो घर मा स्वागत गर्दैछ । घरेलु मैदानमा MFC लिग को आफ्नो पहिलो खेल जितेर प्रतियोगिता को सुखद सुरुवात गर्न चाहान्छ । त्यस्तै बुकुवा एफ.सि. पनि आफ्नो युवा जमात लाई लिएर मैदान उत्रने तरखर मा छ । उ पनि आफ्नो पहिलो खेल जितेर आफ्नो समर्थक हरु माझ खुसी बाड्न चाहान्छ ।निक्कै महत्वाकांक्षी को रुपमा हेरिएको त्यस खेल मा दुवै टिम जितको खोजी मा हुनेछ । समुह ए मा रहेका मोरङ्गे झोडा फुटबल क्लब (MFC) , बुकुवा फुटबल क्लब (BFC) , र हात्तिलेदाकमल स्पोर्टिङ क्लब (HK Sporting) हरु बाट भोली श्रावण १६ गते (MFC) र (BFC) खेल्ने छन भने आगामी श्रावण २१ गते (BFC) र (HK Sporting) खेल्नेछन । त्यसै गरी श्रावण ३० गते (HK Sporting) र (MFC) बिच प्रतिष्पर्धा हुनेछ ।

यसै बिच आफ्ना खेलाडीहरु लाई हौसला दिन का लागी इच्छुक खेल प्रेमी दर्शकहरु लाई खेल मैदान सम्म जान का लागी बुकुवा फुटबल क्लब ले अनुरोध गरेको छ । खेल मैदान सम्म जान का लागी यातायात को साधन नहुने दर्शक हरु का लागी खेल मैदान सम्म जान र आउन का लागी यातायात को सुबिधा समेत रहेको जानकारी गराउदै बुकुवा फुटबल क्लब का कोच मिलन खनाल ले आफ्नो फेसबुक मार्फत सम्पुर्ण लाई अपिल समेत गरेका गरेका ।

चुलाचुली च्याम्पियन्स लिग कै बिषय लाई लिएर सो प्रतियोगिता मा सहभागी टिम तथा सह आयोजक सिद्धार्थ फुटबल क्लब ले एक प्रेस बिज्ञप्ती जारी गरेको छ । आधिकारिक छाप तथा हस्ताक्षर बिनाको सो बिज्ञप्ती मा क्लब का मेनेजर आशिस लाम्गादे ले पर्याप्त समय दिन नसकेका कारण साथै सस्था मा बिना छलफल बिना औपचारिकता व्यक्तिगत लेनदेन गरी क्लब मा आवद्ध खेलाडी ओसन राइ लाई अन्य क्लब बाट खेल्ने मौखिक अनुमती दिएका कारण सो जिम्मेवारी बाट बर्खास्त गरिएको ब ताइएको छ र खेलाडी ओसन राइ लाई क्लब ले कारवाही गरेको रिलिज पेपर समेत क्लब ले दिन नसक्ने बिज्ञप्ती मार्फत जानकारी गरिएको छ ।

Facebook Comments Box