देवेन्द्र पौडेल
चुलाचुली

इलाम को चुलाचुली गाउपालिका मा लागु पदार्थ दुर्ब्यशन न्युनिकरण सम्बन्धी आज बिभिन्न सरोकारवाला हरु सँग छलफल गरिएको छ ।
अनौपचारिक छलफल मा गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ, चुलाचुली गाउपालिका प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य , सुचाना अधिकारी तिर्थ राज खरेल को उपस्थिती रहेको थियो भनें बिभिन्न राजनितिक दल का प्रतीनिधी, बिभिन्न टोल बिकाश सस्था का प्रतीनिधि हरु साथै स्थानिय बुद्धिजिवी तथा सुरक्षा निकाय का प्रतीनिधीहरु को समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम मा उपस्थित अधिकांश महानुभाब हरु ले स्थानिय राजनितिक दलहरु ले नै लागु औषध प्रयोगकर्ता हरु लाई संरक्षण गरेको राय ब्यक्त गर्नु भयो , त्यसका साथै स्थानिय प्रशासन ले समेत बिभिन्न पक्षहरु को दबाब र प्रभाब मा परेर यस्ता दुर्ब्यसनी हरु लाई संरक्षण गरेको बिचार ब्यक्त गर्नु भएको थियो ।
चाडबाड नजिकिए संगै गाउँ मा दुलेचोर हरु को समेत बिगबिगी बढन थालेका कारण स्थानिय प्रहरी प्रशासन ले अब उप्रान्त राती १० बजे पश्चात हिंडडुल गर्ने लाई सोधपुछ गर्नु का साथै यस्ता दुर्ब्यसनी का अपराधी हरु फेला परेमा कसै को दबाब र प्रभाब मा नपरी कानुन बमोजिम कारवाही अघाडी बढाउन समेत स्थानिय प्रशासन लाई गाउपालिका अध्यक्ष केरुङ ले निर्देशन दिनु भयो ।

समाज मा बिकृती छोरी बदमासी लगायत का गलत पक्ष हरु भित्र्याउने मुख्य तत्व भनेकै लागु औषध प्रयोग कर्ता र लागु औषध ब्यापारी हरु भएका कारण यसको न्युनिकरण का लागी हामी सबै मिलेर गर्न आवश्यक रहेको पालिका अध्यक्ष राजेन्द्र केरुङ ले बताउनु भयो ।

Facebook Comments Box