मेची को साधारण सभा सम्पन्न,चुलाचुली सेवा कार्यालय नाफा मा
देवेन्द्र पौडेल चुलाचुली/झापा को दमक नगर पालिका वडा नम्ब र ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्य सहकारी सस्था ले सस्था को ३० औं साधाराण सभा सम्पुर्ण सेवा कार्यालय हरु मा सम्पन्न गरेको छ ।
गत जेष्ठ २८ गते दमक सेवा कार्यालय देखी सुरु गरिएको साधारण सभा आज भाद्र ३ गदे बेलबारी सेवा कार्यालय मा पुगेर समापन भएको हो भनें आगामी भाद्र १२ गते रोयल पार्टी प्यालेश मा माइन्युट प्रमाणिकरण साधारण सभा सम्पन्न हुनेछ ।
२०५४ साल भाद्र १२ गते २९ जना शेयर सदस्य हरु बाट बिधिवत रुपमा जिल्ला सहकारी कार्यालय मा दर्ता भइ सेवा सुचारु गरेको मेचीले हाल सम्म ९ हजार ३ सय १९ जना महिला तथा ६ हजार ९ सय ९६ जना पुरुष शेय र सदस्य तथा ३३ समुह सदस्य गरी कुल १६ हजार ३ सय ४८ जना शेयर रहेको मेची सहकारी मा गत आषाढ मशान्त सम्म को वासलात ३ अर्ब् ८७ करोड ८६ लाख ३८ हजार ३ सय ६३ रुपैया रहेको छ ।
एकता सहभागिता मितब्ययिता र पारदर्शिता मेची सहकारी को प्रतिवद्धता भन्ने मुल नाराका साथ सन्चालन मा रहेको मेची सहकारी ले न्युनतम १०० कित्ता शेयर खरिद गर्ने सदस्य हरु लाई २९ प्रकारको सेवा सुबिधा हरु प्रदान गर्दै आएको छ भनें सस्था को आर्थीक पाटो लाई अझै बिश्वासनिय पारदर्शी बनाउन सस्था ले आर्थीक प्रशासन कार्यबिधी २०५६ देखी सुशासन कार्यबिधी २०८० सम्म का निती तथा कार्यबिधी हरु साधारण सभा बाट पास गरेर कार्यान्वयन मा रहेका छन । १४ प्रकार का बचत हरु गरिने तथा १५ प्रकारका ॠण हरु लगानी गर्ने गरिएको मेची बहुउद्धेश्य सहकारी को मुख्य कार्यलय का अलवा १३ वटा सेवा कार्यालय हरु रहेका छन जसमा झापा जिल्ला मा ६ वटा , मोरङ मा ६ वटा र इलाम मा १ वटा सेवा कार्यालय हरु रहेका छन । इलाम को चुलाचुली ४ आइतबारे मा रहेको सेवा कार्यालय मा पछिल्लो आर्थीक वर्ष मा ४ सय ७० जना शेयर सदस्य रहेका छन भनें ४८ लाख २१ हजार शेयरपुजी रहेको छ । त्यसै गरी उक्त शाखा ले ६ करोड ४५ लाख भन्दा माथी लगानी गरिसकेको छ । उक्त सेवा कार्यालय ले गत आर्थीक वर्ष को असार मसान्त सम्म मा ९३ लाख ९४ हजार ७ सय ३२ रुपैया आम्दानी गर्दै ४३ लाख १४ हजार ७ सय ७७ रुपैया सेवा कार्यालय ले मुनाफा समेत गरेको जानकारी छ ।
