देवेन्द्र पौडेल ,चुलाचुली /संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले स्थानिय तह हरुको “स्थानिय सरकार सस्थागत क्षमता मुल्याङ्कन” (लिजा) प्रकाशन गरेको छ । जसमा इलाम जिल्ला अन्तरगत रहेका दश स्थानिय तहहरु बाट इलाम नगरपालिका ८९.५० अंक सहित इलाम जिल्लाको उत्कृष्ठ भएको छ ।
बिभिन्न सय वटा सुची मा गरिने मुल्याङ्कन खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ । 

इलाम जिल्ला को उत्कृष्ठ इलाम नगर पालिका ले ८९.५० अंक प्राप्त गरेको हो जसमा शासकिय प्रवन्ध मा ८ अंक, संगठन तथा प्रशासन मा ७.७५ ,वार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापन मा ८.५० , वित्तिय तथा आर्थीक ब्यवस्थापन मा १० अंक , सेवा प्रवाह मा १४.२५ अंक , न्यायिक कार्य सम्पादन मा ७ अंक , भौतिक पुर्वाधार मा १० अंक प्राप्त गरेको छ भनें सामाजिक समावेशिकरण मा १० अंक, वातावरण संरक्षण तथा बिपद ब्यवस्थापन मा ८.५०, त्यसै गरी सहकार्य र समान्वय मा ५.५ अंक प्राप्त गर्दै इलाम जिल्लाकोअन्य स्थानिय तह हरु लाई पछी पर्दै इलाम नगरपालिका उत्कृष्ठ बनेको हो ।

त्यसै गरी सुर्योदय नगरपालिका लिजा मा ८८.२५ अंक प्राप्त गर्दै इलाम जिल्ला को दोश्रो भएको छ भनें सन्दकपुर गाँउपालिका ले ७८.२५ अंक प्राप्त गर्दै तेश्रो हुन पुगेको छ भनें अन्य पालिकाहरु चुलाचुली र फाकफोकथुम गाउपालिका ले समान ७१.७८ अंक सहित इलामको चौथो बन्यो । त्यसै गरी रोङ गाउपालिका ६८.५ अंक सहित पाचौ बन्यो । जिल्लाको देउमाइ नगरपालिका ६७.२५ अंक सहित पाँचौ बन्न सफल भएको छ । माइजोगमाइ गाउपालिका र माङसेबुङ गाउपालिका ले समान ६४ अंक प्राप्त गर्दै छैटौ स्थान मा पुग्न सफल भएको छ भनें सबै भन्दा तल माइ नगरपालिका ६१ अंक सहित सातौ भएको हो ।

Facebook Comments Box