प्रवासी संञ्जालको साधारण सभा सम्पन्न ,अध्यक्ष मा छत्र राइको दोश्रो कार्यकाल

देवेन्द्र पौडेल, चुलाचुली /कार्तिक ३, २०८१
इलाम को चुलाचुली गाउपालिका मा रहेको प्रवासी संञ्जाल चुलाचुली को पाचौं साधारण सभा तथा दोश्रो अधिवेसन चुलाचुली ३ स्थित सेमिच्योङ भवन मा आज सम्पन्न भएको छ ।
सस्था का अध्यक्ष छत्र कुमार राइको अध्यक्षता तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न उक्त साधारण सभाको पहिलो खुल्ला सत्रले सस्था को आर्थीक प्रतिवेदन पास गरेको थियो ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ का स्थाइ बासिन्दाहरु बैदेसिक रोजगारी मा बिश्वका बिभिन्न मुलुकमा रहेका महानुभाब हरु ले २०७२ सालमा समिती गठन गरी आर्थीक संकलन गरेर २०७५ साल मा बैधानिक तवर ले सम्बन्धित निकाय मा दर्ता गरी सुरु गरिएको उक्त प्रवासी संञ्जालले समयक्रम संगै मानविय सेवा लाई मुख्य उद्धेश्य राखी सेवाभाबका कार्यहरु गरी राखेको छ ।
आज सम्पन्न उक्त साधारण सभा मा सस्थाले आर्थीक वर्ष २०८०/८१ मा गरेको आर्थीक प्रतिवेदन लाई सस्था कि कोषाध्यक्ष बुद्ध माया थुलुङ ले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन अनुसार प्रवासी सन्जाल चुलाचुली ले गत आर्थीक वर्ष मा ६ लाख ५ हजार ६ सय ४० रुपैया को कारोबार भएको जानकारी दिनुभयो, जस बाट सस्था मार्फत बिभिन्न मितीमा बिभिन्न शिर्षकमा रु. ६२ हजार १ सय २८ रुपैया खर्च भएको र हाल सस्था को नाममा नगद रु. ५ लाख ४३ हजार ५ सय १२ रुपैया रहेको जानकारी गराउनु भएको थियो । त्यसै गरी सस्थाले सन्चालन गरेको एम्बुलेन्स सेवा मार्फत ९ लाख ६७ हजार ७ सय ३९ रुपैया आम्दानी र उक्त एम्बुलेन्स सन्चालन गर्दा को खर्च ९ लाख ७ हजार ९ सय ९९ रुपैया भइ हाल एम्बुलेन्स सन्चालन को खाता मा ६० हजार ७ सय ४० रुपैया रहेको ब ताउनु भयो ।
सस्थाको आजै सम्पन्न दोश्रो अधिवेशनले केहि सदस्यहरु मात्रै हेरफेर गर्दै पुरानै समिती लाई कार्यभार सुम्पेको छ । आगामी कार्यकाल का लागी छत्र कुमार राइ अध्यक्ष, मन कुमार तामाङ र चन्द्र कुमारी आङथुपो उपाध्यक्ष बिनिता नुगो सचिब ,सह-सचिब धन बहादुर राइ र बुद्ध माया थुलुङ कोषाध्यक्ष रहनु भएको छ, त्यसै गरी सदस्य हरुमा मा निनानाथ चापागाइ, नर्भु तामाङ, धनु आङथुपो ,चन्द्रकला मादेन र केशब गुरागाइ रहनु भएको छ ।
जम्मा १५८ जना आजिवन सदस्य, ३० जना वरिष्ठ संरक्षक सदस्य र १५ जना संरक्षक सदस्य गरी कुल २०३ जना सदस्य रहेको प्रवासी सन्जाल ले चुलाचुली मा पहिलो पटक एम्बुलेन्स सेवा समेत सन्चालन गर्दै आएको छ ।