ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारीसाधनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैध रुपमा बोकेको ५० काटुन सिक्किमे मदिरा बरामद गरेको हो ।

बरामद भएको अवैध मदिरा, मदिरा ओसारपसारमा संलग्न झापा बुद्धशान्ति गाउँपालिका– ३ का महेन्द्र बर्देवा, सवारीसाधन र चालक बुद्धशान्ति–३ का सनम राईलाई आवश्यक कारबाहीका लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।पालिका पेज बाट साभार

Facebook Comments Box