कहिले सम्म पाल्ने किसानले जंगली हात्तीहरु लाई ?
देवेन्द्र पौडेल
चुलाचुली/इलाम जिल्लाको चुलाचुली गाउपालिका मा जंगली हात्ती बस्ती भित्र पसेर दैनिक जसो स्थानिय बासी लाई त्रासित पार्नु का साथै किसानले ले लगाएको बालि नाली नष्ट गर्ने गरेको छ ।
खासगरी चुलाचुली गाउपालिका वडा नम्बर १ र ५ नम्बर मा ति जंगली हात्तिले अत्याधिक क्षति गर्ने गरेका छन । हुन त चुलाचुली को सबै भुभाग मा नै उपद्रो मच्चाउने गरेता पनि १ नम्बर वडा संग झापाको सतासी जंगल र ५ नम्बर वडा संग पनि झापा कै हंसेदुम्से सामुदायिक बन जोडिएका कारण बनमा बासस्थान बनाइ आसपासका बासिन्दाहरु लाई दु:ख दिने गरेको पाइएको छ । जंगली जनावर जसमा पनि हात्ती किसानको खेत मा पसेपछी उक्क्त खेतबाट खासै बालीनाली किसानको भागमा पर्दैन यस्तै भएको छ चुलाचुली ५ का काजी अधिकारी को । धानबाली लगाएर हरियो फेरिए पछी नै हात्ती को रोजाइमा पर्ने धान किसान को पनि प्राण धान्ने बाली मा पर्छ । चुलाचुली ५ का काजी अधिकारी ले आफ्नो ७ कट्ठा मा लगाएको रन्जित जातको धान गत कार्तिक २७ गते एक हुल हात्ती आएर १० मिनेट मै सखाप पारिदियो । झापा को दमक नगरपालिका वडा नम्बर २ मा पर्ने उनको खेतमा लगाएको धान बाली हात्तिले नष्ट पारिदिए पछी वडाध्यक्ष तथा दमक नगरपालिका मेयर राम थापा समेत आएर अनुगमन गरेको तर अहिले सम्म कोही कसैले उनलाई ढाडस समेत नदिएको उनको गुनासो छ । उसो त आफ्नो धानबाली लाई हात्ती बाट जोगाउन गता साउन देखी नै गाँउका युवा बुढापाका सबै साँझ परे पछी खेत तिर लाग्छन हात्ती रुँघ्न । झापाको बेलडागी मा रहेको भुटानी शरणार्थी शिविर खाली भएपछी उक्त क्षेत्रमा अत्याधिक जंगल बढेकाले सोही क्षेत्र लाई दिनको बासस्थान बनाएर रातमा रतुवा खोला पारी चुलाचुली का किसानहरु को धान बारीमा हात्ती हरु चर्न आउने गरेका छन ।
चुलाचुली मा जंगली हात्तिले दुख दिने गरेको इतिहास पुरानो नै भएता पनि बिगत मा हात्ती हरु छुट्टाछुट्टै हिंडने गरेका ले खासै क्षति नगर्ने तर पछिल्लो समय हात्ती हरु १२/१५ वटा को जत्त्था बनाएर हिंडने भएकाले उपद्रो धेरै भएको अनुभब सुनाउछन स्थानिय बासिन्दा । चुलाचुली ५ मा केहि समय अघाडी निर्माण गरिएको मलामी बिश्राम टहरो अहिले आएर हात्ती रुँघ्ने टहरो बनेको छ । पारिको जंगल बाट साँझ परेपछी हात्ती खेत तिरा आउने र खोला पारी बाटै होहल्ला गरेर हात्तिलाई उतै जंगल मा धपाउन सहज स्थान मा रहेको ले उक्त टहरा मा साँझ परेपछी गाँउभरी का युवापुस्ता हरु भेटिन्छन ।
स्थानिय को पिडा पोखी साध्य छैन , खेतमा लगाएको बालीलाई किसान ले मलपानी ,औषधिमुलो र गोडमेल त छदै छ, सरकार ले पालेका जंगली हात्तीहरु संग लडदै बाली जोगाउनु छ । देशमा सरकार छ या छैन, छैन भन्दा अरुले नपत्याउने छ भन्दा उसै का पाल्तु जनावर रुँघेर पाल्नु पर्ने अवस्था कायम रहेका ले स्थानिय ले सरकार भएको अनुभब गरेनन ।
हुन त स्थानियहरु को नजिकैको सरकार स्थानिय सरकार ले क्षति को आधारमा राहत उपलब्ध गराउने गरेको छ । त्यो पनि प्रकृयागत झन्झट रहेको स्थानिय को गुनासो छ । हात्ती आउँदा सन्चले बस्ने प्रहरी क्षतिको मुचुल्का बनाउन भनें सबै भन्दा पहिला आइपुग्छ र हात्तिले उपद्रो गरेको होईन झै गर्दै मुचुल्का उठाउछन , स्थानिय को आक्रोस छ । जंगली हात्ती गाँउपसेको संकेत गर्न का लागी प्रयोग गरिने सामाग्रीहरु पुराना हुँदै गएका ले बराबर काम गर्न छोडेको र नयाँ थप सामाग्री स्थानिय सरकार ले उपलब्ध गराउनु पर्ने आवश्यकता देखिन्छ ।
चुलाचुलीमा जंगली हात्तीको आक्रमण बाट ७ जना को मृत्यु भइ सकेको छ । पछिल्लो समय गत असोज २८ गते चुलाचुली १ का दुतराज राइ लाई हात्तिले पछारेर मारेको थियो भनें यस्ता घटनाहरु चुलाचुली मा बर्सेनी घटी रहेका छन । नेपाल सरकारले संरक्षित बन्य जन्तुको बर्ग मा राखेको हात्ती जात ले मात्रै हात्ती भएको तर यो नेपाल को नभएर भारतिय सिमा नाघेर चरन को लागी मात्रै आएको भनाइ स्थानिय को छ । सिमावर्ती क्षेत्र मा थप सजकता अपनाउने हो भनें नेपाली ले यती धेरै हात्तिको पिडा सहन नपर्ने देखिन्छ ।