सौरभ बाँस्कोटा

वरदान मान्दथे यस भुमिमा
म अखण्डताको ध्वजा छातिमा टाँसेर हुर्किएँ
वक्नु पर्ने अनुभुती जाग्दै परलोकमा
त्यो त अभिशाप रहेछ,
म विखण्डनमा ताम्सिएको जुलुस हेरि फर्किएँ।
उद्देश्य थिएन उडेर चन्द्रमा छुने
बस! मनोकामना थियो
कहिल्यै नछुट्ने,कहिल्यै नटुट्ने।
सहिष्णुतासँगको आशा बुन्ने
थिएँ म एकताको प्यासी,
टुक्रियो दिल मेटियो तिर्खा,
मरेतुल्य आइदियो ‘विभेदी’ परिणाम
न बाँच्यो गौरवता न जाग्यो साहासी।
पुरानो युगको अन्तसँगै
नयाँ युगको आरम्भले खोजिरहँदा
मुलभूत आचारसंहिता,
विनिमय लत्याउदै मौलाइरहेको
पाएँ समाजमा असमानता
मरणलाई हात्केलामा राखेर
विभेद र अन्धविश्वासको भुमरीमा
एक्लै चिन्च्याएँ
कहिले पुल्ठो बालेँ

कहिले हतियार चलाएँ
आफ्नै अस्तित्वलाई भुलेँ,
तर देश र मानवता कहिल्यै भुलिँन।
अपमानलाई चिराचिरा पार्न
स-समान भावना जुरमुराउनु
आवश्यकता थियो हकअधिकार,
हेला कुल्चेर विखण्डनलाई पुर्णविराम दिनु।
जब फोहोरि भेष पाइरहेँ,
म समाज श्रिङ्गार्न चाहीरहेँ
मैन बनी आफू जलेर
अन्धकारमा उज्यालो छर्न लागिरहेँ।
मेरो दुर्भाग्य!
मेरै आफ्नाले सल्काएको आगोले म धवस्त भएँ,
आफ्नै भुमिमा म परास्त भएँ।अखण्ड देश विभेदरहित भेष
मेरो स्वार्थ नभई
नैतिकक मार्ग थियो
जन्मभूमिभित्रै अन्तर लडाइँमा
कालको फाँसी चडेको म,
अब कसरी भनौँ मेरो माटो
मेरा लागि वरदान सावित हुनसक्छ?
अब कसरि भनौ मेरो जन्म मेरा लागि वरदान सावित हुन सक्छ?
 -सौरभ बाँस्कोटा

Facebook Comments Box