चुलाचुलीका किसान ड्रागनफ्रुट खेतीप्रती आकर्षित हुँदै

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिकामा पछिल्लो समय ड्रागन फ्रुडको खेती प्रती किसानहरु आकर्षित भएका छन । ड्रागन फ्रुटलाई नेपालीमा “कमलम” पनि भनिन्छ। यो एक प्रकारको विदेशी फल हो जुन मुख्यतया काँडेदार जातिको बोटमा फल्दछ। यो फल विशेष गरी राति फुल्ने वनस्पति हो र यसको बाहिरी छाला रातो वा पहेँलो रंगको हुन्छ, जसमा काँडाजस्ता पातहरू निस्केका हुन्छन्। भित्र सेतो , रातो र गुलाबी गुदी हुन्छ र साना–साना कालो बियाँहरू मिसिएको हुन्छ। उक्त फलको खेती मध्य अमेरिका र मेक्सिको बाट सुरु गरिएको हो । समुद्री सतहको २ सय देखी १२ सय मिटर सम्मको उचाइमा रहेको बलौटे ढुङ्गा मिश्रीत पानीको राम्रो निकास हुने माटोमा यस्को उत्पादन बढी लिन सकिने बिज्ञ हरुको भनाइ छ । जसका लागी बिशेस गरी चुलाचुली गाउपालिका वडा नम्बर ६ वडा नम्बर ५ र ४ का सम्पुर्ण भु-भागका अलवा अन्य वडाहरु ३ , २ र १ का माथिल्लो भेगमा यसको खेती गरेमा राम्रो उत्पादन लिन सकिने अवस्था रहेको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ का प्रविन इङनाम ले २५ लाखको लगानीमा २०७९ साल देखी १ बिगाहा जमिनमा २४ सय बिरुवा लगाएर ड्रागन फ्रुड खेती गरिरहनु भएको छ । रोपेको २ बर्ष देखी फल्न सुरु गर्ने उक्त फलको उत्पादन असार महिना देखी कात्तिक सम्म लिन सकिने उनको भनाइ छ । इङनामका अनुसार पछिल्लो समय धेरै मानिसको ड्रागन फ्रुट खेतीप्रती आकर्षण बढिरहेको अवस्थामा यो खेती पनि त्यस्ती सहज नरहेको, अवसर र चुनौती दुबै रहेको यो खेतिमा सामान्य धान,मकै खेती भन्दा चाही धेरै आम्दानी हुने उनको अनुभब छ । गत वर्षको बिक्री लाई हेर्ने हो भने प्रती बिगाहा ड्रागन फ्रुडबाट बार्षिक १० लाख रुपैया आम्दानी गर्न सकिने उनले बताए ।
चुलाचुली गाउपालिकामा प्रविन जस्तै ड्रागन फ्रुटको ब्यावसायिक खेती गर्ने थुप्रै किसानहरु छन । किपट बहुउद्धेश्य कृषी फार्म खोलेर ब्यावसायिक रुपमा ड्रागन फ्रुट रोपेका ६ नम्बर वडा का अस्बिन फियाक लिम्बुले १२ लाख रुपैयाको लगानीमा ५ सय पिल्लर मा २ हजार ड्रागन फ्रुड को खेती गरिरहेका छन । उनको बगैचामा गत बर्ष देखी नै ड्रागन फल्न थालेता पनि बिरुवा पुर्ण बयस्क भएर फल्ने भनेंको यो साल मात्रै हो । झापाको दमकमा क्याफे समेत सन्चालन गर्दै आएका फियाकको अनुभब भनें अलिक फरक छ , उत्पादन राम्रै भएता पनि अस्थिर बजार मुल्यका कारण ब्यावसाय सुरु गर्दाको मुल्य र हालको मुल्यमा ठुलो गिरावट आएकाले किसानहरु मारमा परेको र ब्यावसाय गर्नु पुर्व जती नै पुर्वयोजना बनाएता पनि अस्थिर बजार मुल्यले ब्यावसायीहरु सफल हुने सम्भावना अत्यन्तै कम रहेको अनुभब सुनाउछन ।
त्यसरि नै चुलाचुली गाउपालिका वडा नम्बर ४ का देवेन्द्र राइले १० लाख भन्दा माथी खर्चेर १३ कट्ठा जमिन मा १७ सय बोट बाट उत्पादन लिन थालेको २ वर्ष भयो सिंचाइको अभाब हुने सुख्खा जमिनमा धान मकै खेती गर्नु भन्दा ड्रागन फ्रुट रोप्नु फाइदाजनक रहेको बताउछन । खोटाङ बाट चुलाचुली आइ उक्त खेतीमा रमाइ रहेका देवेन्द्रले सुरुका दिनमा ५ सय रुपैया प्रती के.जि. ले बिक्री गरेता पनि अहिले ३ सय प्रती के. जि. भन्दा धेरैमा बिक्री नहुने सुनाउछन । जाडो याममा ड्रागनका बिरुवालाई सितलहर ले अत्यन्तै असर गर्ने र फल पाकेको बेला चराले समेत दुख दिने गरेकोले उक्त समयमा अत्यन्तै चनाखो हुनुपर्ने उनको सुझाब छ ।
आर्थीक वर्ष २०८०/८१ मा कृषी ज्ञान केन्द्र इलामको रु. २ लाख आर्थीक सहयोगमा छथरे ड्रागन फ्रुड कृषी फार्म सन्चलन गर्दै आएका चुलाचुली गाउपालिका वडा नम्बर २ का मैतराज लिम्बुले पनि उक्त खेती बाट मनज्ञे आम्दानी गरिरहेको बताउछन । त्यसै गरी चुलाचुली १ कि निर्मला लिम्बुका दम्पतीलाई अहिले ड्रागन फ्रुडका बिरुवा नै छोराछोरी सरह भएका छन । दम्पती नै निक्कै लामो समय बिदेस बस्नु भएको र हाल आफ्ना सन्तान सबै बिदेस तिर नै हुँदा पनि २५ लाख लगानी गरेर ८ कट्ठा जमिन मा ड्रागन फ्रुट खेती गर्दै रमाइरहनु भएका यि जोडीले भने यस वर्ष पहिलो पटक ड्रागन फ्रुटको आम्दानी लिइरहनु भएको छ ।
ड्रागनफ्रुट बाट भिटामिन सि,भिटामिन बि,आइरन,क्याल्सियम,म्याग्नेसियम लगायतका तत्वहरु पाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धी गर्नुका साथै पाचन प्रणालीलाई सुधार गर्दछ,त्यसै गरी मुटु स्वास्थ्यमा पनि यसले सहयोग गर्छ भनें छालाको सौन्दर्यका लागी उपायोगी मानिएको यो फलको सेवनले मधुमेह नियन्त्रणमा समेत सहयोग पुर्याउछ । त्यसै गरी हड्डी र रगतका लागी उपयुक्त फल हो भनें यसमा क्यान्सर बिरोधी गुण समेत प्राप्त गरिने बिज्ञ हरु बताउछन । यत्तिका बहुउपायोगी र स्वादिष्ट फलको खेती इलाम जिल्लामा भनें २ सय १६ रोपनी क्षेत्रफलमा मात्रै खेती गरिरहेको तथ्याङ्क छ । उक्त खेतीलाई अत्यन्तै उपयुक्त मानिएको चुलाचुली गाउपालिकामा यसको अवस्था के कस्तो रहेको छ भन्ने बिषयमा स्थानिय सरकार बेखबर छ । किसानहरुले आ-आफ्नो बलबुतामा २०/२५ लाख भन्दा माथी लगानी गरेर कृषीमा ब्यावसायिक बन्न खोजी रहदा न स्थानिय सरकारले अभिभावकत्व ग्रहण गर्छ न प्रदेश र केन्द्र सरकार ले सहयोग गर्छ । अझ चुलाचुली गाउपालिका त कृषीमा पुर्ण उदासिन देखिन्छ जसमा पनि फलफुल खेतीले त जिविको पार्जन हुन्छ र भनेझै गरेर न योजना तर्जुमा छ न बजेट नै बिनियोजन । यस वर्षको जस्तो बिषम मौसमलाई आधार मानेर चुलाचुली गाउपालिकामा बर्षेनी उत्पादन ह्रासमा गइरहेको धान खेतीको बिकल्पमा स्थानिय किसानहरुले अवलम्बन गरेको फलफुल खेतीलाई प्रोत्साहन र सहयोग गर्दै अगाडी बढेमा सरकार किसान एकसाथ देखिन्छन अन्यथा सम्बृद्धीको यात्रामा सरकार पुल पुलेसा र सडकमा सिमित अनि किसानका उर्बर जमिन सिचाइ,मल र उचित ब्यवस्थापनको अभाबमा बाझै रहने अवस्था देखिन्छ ।