देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा नेपाली काङ्रेस निकट बिद्यार्थीहरु को संगठन नेपाल विद्यार्थी संघ चुलाचुली गाउ कार्यसमिती ले एकदिने स्वास्थ्य शिविर हिजो श्रावण ३१ गते सम्पन्न गरेको छ ।
चुलाचुली गाउपालिका वडा वडा नम्बर ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयको प्राङण मा सम्पन्न उक्त स्वास्थ्य शिविर मा आखा ,दाँत ,हाडजोर्नी ,महिला रोग ,नाक कान घाटी लगायत का बिशेषज्ञ हरुको नि:शुल्क स्वास्थ्य चेकजाँच तथा औषधी बितरण सेवा रहेको थियो । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले शिविर मा सेवा प्रदान गर्न आउनु भएको चिकित्सक टोली हरुलाई खादामाला ले स्वागत गर्नुका साथै सेवा प्रदायक सस्थाका प्रतीनिधि हरुलाई मायाको चिनो ले सम्मान समेत गर्नु भएको थियो ।
उक्त स्वास्थ्य शिविरमा चुलाचुली गाउपालिका स्वास्थ्य शाखा, चुलाचुली आधारभुत अस्पतालको प्राविधिक तथा बिशेषज्ञ सेवा का अलवा निम्श नेशनल अस्पताल दमक ,बिर्ताज्योती आखा अस्पताल दमक, हिमाल डेन्टल क्लिनिक दमक लगायतका संघ सस्था हरुको प्राविधिक तथ बिशेषज्ञ हरुको नि:शुल्क सेवा स्थानिय २ सय ५० जनाले लिएको जानकारी आयोजकले दिएको छ भनें सो शिविरमा सेवा लिने अधिकांश ५० वर्ष भन्दा माथिका नागरिकहरु रहेका र पछिल्लो समय धेरै मानिसमा आखा तथा दाँतको समस्या रहेको समेत आयोजकले बताएको छ ।

उक्त निशुल्क श्वास्थ्य शिविर आयोजन गर्नुको मुख्य उद्धेश्य भनेको ग्रामिण भेकका आम नागरिक हरुलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन लागी र बिषेस गरेर महिला आमा दिदी बहिनी हरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण औषधी बितरण तथा सल्लाह परामर्श प्रदान गर्ने रहेको बताउनुहुन्छ आयोजक सस्था नेपाल विद्यार्थी संघ चुलाचुली गाउ कार्यसमितीका अध्यक्ष पुजन बस्नेत ।

नेपाल विद्यार्थी संघ नेपालको सबै भन्दा पुरानो र ठुलो संगठन हो यसको स्थापना २००७ सालमा भिम बहादुर तामाङको नेतृत्व मा भएको थियो भनें यसको प्रारम्भिक नेतृत्वमा गिरिजा प्रसाद कोइराला ,तारिणी प्रसाद कोइराला ,गणेशमान सिंह श्रेष्ठ जस्ता ब्यक्तित्व हरुको महत्वपुर्ण योगदान रहेको थियो । लोकतन्त्र ,शिक्षा र विद्यार्थी हकहित का लागी संघर्ष गर्ने मुख्य उद्धेश्य रहेको नेपाल विद्यार्थी संघले २००७ सालको प्रजातान्त्रीक आन्दोलन ,२०४६ साल र २०६२/६३ को जनआन्दोलन मा अग्रपंतीमा रहेर नेपालको लोकतन्त्र र स्वतन्त्रताको इतिहासमा महत्व पुर्ण भूमिका खेलेको छ ।
केन्द्रिय समिती ,प्रदेश समिती ,जिल्ला समिती ,शाखा समिती र इकाइ समिती गरी बिभिन्न तहमा बिस्तार गरिएको सो संगठनको सदस्य हरु भने बिद्यालय ,कलेज ,बिश्वबिद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहने गरेका छन ।
पछिल्लो समय बिभिन्न विद्यार्थी संगठनहरु आफ्नो उद्धेश्य अनुरुप विद्यार्थीको हकहित र अधिकारका लागी भन्दा पनि मात्री पार्टीको बचाउ र संरक्षणमा लागेकाले आम अभिभवकहरु ले राजनितिक दलकै रुपमा परिभषित गर्ने गरेका छन जसको परिणाम स्वरुप स्थानिय अभिभावक हरुको दबाब मा बिभिन्न बिद्यालयका बिद्यालय ब्यवस्थापन समिती हरुले यस्ता विद्यार्थी संगठन लाई आफ्नो बिद्यालयमा संगठन बिस्तार मा रोक लगाएका छन जसले गर्दा यती गौरबशाली इतिहास बोकेका विद्यार्थी संगठन हरुले राजनितिक कृयाकलाप लाई अंगाल्दा दिनानुदिन आम अभिभावक हरुको नजरमा नकाराक्त्मक छाप परिरहेका ले विद्यार्थीका हकहित र अधिकार लाई मुख्य मुद्धा बनाउदै अघाडी बढनु पर्ने आवश्यकता देखिन्छ ।

Facebook Comments Box