समय संगै स्थानियको सोच बदलिँदा रक्तदानका कार्यक्रम हरु बढदै

देवेन्द्र पौडेल चुलाचुली/पछिल्लो समय इलामको चुलाचुली गाउपालिका मा रक्तदान का कार्यक्रमहरु प्रसस्तै हुने गरेका छन ।
नेपालको कानुनी ब्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयको अनुमती मा सरकारी अस्पताल,केहि ठुला निजी अस्पताल,शिक्षण अस्पताल,ससस्त्र बल र नेपाल प्रहरी का स्वास्थ्य सेवा इकाइहरुले रक्तदान कार्यक्रम गर्न पाउनेछन भनें नेपाल रेडक्रस सोसाइटी लाई नेपाल सरकार ले देसभर रक्तदान कार्यक्रम सन्चालन र रगत संकलन तथा बितरणको जिम्मा दिएको छ ।
त्यसै अनुरुप श्रावण २७ गते मंगलबार इलामको चुलाचुली गाउपालिका मा रहेको सकृय युवा युनिटको आयोजनामा चुलाचुली ४ आइतबारे बजार स्थित देब टेन्ट हाउसको सभा हलमा नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा र दमक उपशाखाको प्राविधिक सहयोग द्वारा सन्चालित रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन गरिएको छ भनें सो कार्यक्रमलाई देब टेन्ट हाउसले प्रायोजन गरेको थियो र ब्यवस्थापनमा आइ डब्लु एफ एन कराँते डो संघ ले सहयोग गरेको हो ।
मानवताका लागी गरिने रक्तदान मानब जिवन बचाउने सरल तरिकाको रुपमा लिइने गरिएको छ भने एक जनाले गरेको रक्तदानले ३ जनाको सम्म ज्यान जोगाउन सकिने बिज्ञहरुको भनाइ छ भनें नियमित रक्तदान ले हृदयघात र क्यानसरको सम्भावना घटाउछ । त्यसै गरी नयाँ रगत बन्ने प्रकृया सकृय हुन्छ र रक्तदान गर्नु पुर्व प्राथमिक स्वास्थ्य परिक्षण गर्ने गर्नाले समेत स्वास्थ्य मा फाइदा पुग्छ ।
यसै बिच नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा र दमक स्थित किओच बाल अस्पतालको सहकार्यमा चुलाचुली गाउपालिका भित्रका बिभिन्न बिद्यालयहरु मा बालबालिकाको कानको स्वास्थ्य परिक्षण सुरु गरिएको छ । गत श्रावण २० गते चुलाचुली ३ स्थित श्री अन्तु बोर्डिङ्ग स्कुलमा २ सय जना विद्यार्थी हरुको कानको स्वास्थ्य परिक्षण गरिएको थियो भनें आज चुलाचुली गाउपालिका वडा नम्बर ४ शान्ती चोक स्थित पन्चबुद्ध एकेडेमीमा सन्चालित एक दिवशिय स्वास्थ्य शिविर मा २ सय ५० जना विद्यार्थी हरुको कानको श्रवण शक्ती परिक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखाका सदस्य चक्र गजमेर ले जानकारी दिनु भयो ।