इलामको चुलाचुली गाउपालिका मा हिजो श्रावण २ गते चुलाचुली युवा इसाइ समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम मा ५३ पिन्ट रगत संकलन भएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ को नमस्ते चोक स्थित चुलाचुली इसाइ समाजको भवनमा आयोजना गरिएको सो रक्तदान कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी चुलाचुली र दमक उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।
उक्त रक्तदान कार्यक्रमको औपचारिक उदघाटन नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसन्चार बिभाग प्रमुख सिद्धार्थ दहालले कार्यक्रमका प्रमुख अतिथी चुलाचुली ५ नम्बर वडाका वडाध्यक्ष बबिन राइ र आयोजक सस्थाका सल्लाहकार डेनी राइ लाई संयुक्त रुपमा ब्लड डोनेसन ब्याग हस्तान्तरण गर्दै सुरु गरिएको थियो भनें कार्यक्रम मा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम श्रेष्ठ समाजसेवी चक्र गजमेर लगायत इसाइ समाज चुलाचुलीका विशिष्ठ ब्यक्ती हरुको समेत उपस्थिती रहेको थियो ।


पछिल्लो समय चुलाचुली गाउपालिका मा रक्तदानको कार्यक्रम हरु थुप्रै हुने गरेको र रक्तदान कार्यक्रम मा सामान्य स्वास्थ्य चेकजाँज समेत हुने भएकाले स्थानिय सबै जाताजाती,धर्म,लिङ्ग का मानिसहरुको उपस्थिती रहने गरेको पाइएको छ ।
रक्तदान कार्यक्रम आयोजना गर्नुको उद्धेश्य र औचित्य का बारेमा बोल्दै चुलाचुली गाउपालिका वडा नम्बर ५ निवासी डेनी राइ ले नेपाल लगायत बिश्व मा दिनानुदिन रगतको अभाब बढिरहेकाले त्यो अभाब लाई थोरै भए पनि न्युनिकरण गर्नलाई रक्तदान कार्यक्रम को आयोजा गरिएको र रगतले प्रत्यक्ष रुपमा मानिसको जिवन संग सम्बन्ध राख्ने भएकाले रक्तदान कार्यक्रमको ठुलो महत्व रहेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा मा गाउपालिका भित्र संकलीत रगतको तथ्याङ्ग रहेता पनि रगतको आवस्यकता र उपब्धता के कस्तो रहेको छ भन्ने कुनै तथ्याङ्क रहेको छैन गाउपालिका भित्र सन्चालित चुलाचुली आधारभुत अस्पताल मा ब्लड बैक नभएका कारण झापाका बिभिन्न ब्लड बैकहरु मार्फत चुलाचुलीका बिरामी हरुले सेवा लिने गरेकाले यो तथ्याङ्ग नरहेको स्थानिय जानकार हरुको भनाइ छ । यद्धपी इलाम जिल्ल नेपाल अधिराज्य र बिश्वको रगत संकलन र आपुर्तीको आँकडा लाई हेर्ने हो भने चुलाचुली गाउपालिका मा समेत रगतको अभाव नै रहेको छ ।


बिश्वभरी हरेक दिन ८ लाख ३० हजार पाउण्ड रगत आवश्यक रहन्छ भनें हरेक दिन ७ लाख ४५ हजार पाउण्ड मात्रै ब्लड उपलब्ध हुने गरेको छ भनें बिश्व मा हरेक दिन ८५ हजार पाउण्ड रगत अभाब रहेको तथ्याङ्गले देखाएको छ । बाच्न पाउनु पर्ने हरेक नागरिक को अधिकार हुँदाहुँदै पनि रगत अभाबका कारण दैनिक धेरै मानिस हरुको ज्यान गइरहेको अवस्था मा रगत अभाबको यो भयावह स्थिती लाई मध्यनजर गर्दै चुलाचुली इसाइ समाजले हरेक वर्ष गर्ने रक्तदान कार्यक्रमको दोश्रो रक्तदान ले प्रत्यक्ष मानव कल्याणको काम गर्ने भएकाले स्थानिय बासीहरुको समेत सकृय सहभागिता रहेको पाइएको छ ।

Facebook Comments Box