स्थानिय सरकारको आयोजना मा धार्मिक अनुष्ठान,राधिका दासी,ओमनन्द लगायत को प्रवचन रहने
देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा निर्माण सम्पन्न भएको पन्ध्र सैयाको चुलाचुली आधारभुत अस्पताल सन्चालन सहयोगार्थ आगामी कार्तिक २६ गते देखी समावेशी सप्ताह ज्ञान महायज्ञ सन्चालन हुने भएको छ ।
चुलाचुली गाउपालिका को आयोजना मा सन्चालन हुने उक्त श्रीमद भागवत सप्ताह महापुराण आगामी कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म आधारभुत अस्पताल परिसर चुलाचुली २ मा सन्चालन हुने छ । गाउपालिकाले दिएको जानकारी अनुसार उक्त महापुराण मार्फत अक्षयकोष स्थापना गरी अस्पताल सन्चालन मा सहयोग गरिने मुख्य उद्धेश्य रहेको छ । नेपाल सरकार को एक स्थानिय तह एक अस्पताल कार्यक्रम अन्तर्गत आर्थीक वर्ष २०७७/७८ सालमा निर्माण सुरु भइ आ. व. २०७९/८० मा निर्माण सम्पन्न भएको हो ।
धार्मिक सदभाब कायम राख्न स्थानिय स्तर मा मानिएका सम्पुर्ण धर्महरु को प्रतिनिधित्व हुने गरी श्रीमद भागवत कथा वाचन सगै बिभिन्न धर्म गुरुहरुको प्रवचन समेत दैनिक रुपमा रहने सो महापुराण को सुरु कार्तिक २६ गते शोभायात्रा बाट सुरु गरिनेछ भनें हरेक साँझ गंगा आरती माहात्मे कथा वाचन लगायत को कारक्रम रहने छ ।
उक्त श्रीमद भागवत सप्ताह माहापुराण तथा ज्ञान महायज्ञ लाई सफल पार्न गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को अध्यक्षता मा मुल पुराण आयोजक समिती तथा जनक कोइराला को संयोजक्त्व मा पुराण ब्यवस्थापन उप समिती , धर्म प्रसाद ढुङ्गाना को संयोजकत्व मा आर्थीक ब्यवस्थापन उप समिती र राम प्रसाद मिश्र को संयोजकत्व मा प्रचारप्रसार उप समिती समेत गठन गरिएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न का लागी प्रारम्भिक ३० लाख को खर्च अनुमान रहेको र आम्दानी का सन्दर्भ मा देश बिदेश मा रहनु भएका थुप्रै दाता हरु ले प्रतिवद्धता जनाउनु भएको र अहिले नै आम्दानी को आकलन ब्यवस्थापन समिती ले मुल समिती लाई जानकारी नगराएको गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले गत कार्तिक १४ गते आयोजना गरिएको पत्रकार सम्मेलन मा जानकारी दिनु भयो ।
तीन तहका सरकारहरु रहेको अवस्थामा नागरिक हरु ले स्वास्थ्य ,शिक्षा लगायत का सुबिधाहरु नि:शुल्क अपेक्षा मात्र नभइ नागरिक ले नि:शुल्क पाउनु पर्ने अधिकार नै रहेको अवस्था मा स्थानिय सरकार को आयोजना मा सन्चालन गर्न लागिएको सो पुराणमा दानका रुप मा स्थानिय सरकारले स्थानिय हरु लाई अगृम सेवा खरिद गर्न बाध्य बनाउदै गरेको देखिएता पनि पछिल्लो देश को खस्किदो आर्थीक अवस्थाका कारण सन्चालन का लागी सरकार को मात्रै मुख ताकेमा बजेट बिनियोजन बिलम्ब भइ स्थानिय हरु सेवा बाट बन्चित हुने भएका ले स्थानिय हरु लाई समेत अपनत्व भावना को बिकाश गराउदै स्थानिय सरकार ले आयोजना गरेको देखिन्छ ।