छ्टपुजा का लागी रतुवा खोला किनार बेहुली झै सजाइँदै
देवेन्द्र पौडेल चुलाचुली,तराई/मधेशको ठूलो पर्व छठको तयारी झापा को दमक नगरपालिका स्थित रतुवा खोला किनारमा तीव्रताका साथ गरिँदै छ । यहाँका पशुहाट, सयपत्री टोल ,नमुना बस्ती लगायतका ठूला छठ घाटहरु सजावटको कार्य भइरहेको छ ।
सबैभन्दा आकर्षक मानिने नमुना बस्ती छठ घाटमा पन्डाल, बिजुली बत्तिको साजसज्जा, फूलको सजावट तथा छठी माताको मूर्ती बनाउने काम द्रुतगतिमा भइरहेको छठ व्यवस्थापन समिति सचिब पुजन चौधरीले बताए । दमकको रतुवा खोला मा मात्रै नभएर ग्रामीण भेगका प्रायः सबै गाउँमा छठ घाटको सजावट गरिँदैछन् । यस वर्ष यो घाटको व्यवस्थापनको बजेट ५ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ भनें छटघाट तथा ब्यापारिक स्टलहरु गोलाप्रथा मार्फत बितरण गरिने र गत वर्ष ब्रतालु भक्तजन हरु ले प्रयोग गर्ने घाट प्रतिघाट १५ सय रुपैया रहेको मा यस पटक भनें १८ सय का दरले पर्न आउने ब्यवस्थापन समिती का उपाध्यक्ष सुनिल चौधरी ले बताए । उनका अनुसार रतुवा खोला किनार मा यस पटक २ सय छटघाट र ३० वटा ब्यापारिक स्टल हरु रहने जानकारी गराए ।
छठ व्रतालुहरुले मंगलबार ‘नहाखाय’ विधि गरेका छन । उनीहरुले स्नान पछि शुद्ध चोखो खाने कुरा खाएका छन् । यस दिन विशेषगरी लौकाको तरकारी र भात खाने चलन रहेकाले मंगलबार बजारमा लौकाको माग अत्यधिक रहेको छ ।व्रतालुहरुले बुधबार ‘खरना’ विधिअन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र रोटी/पुरी खानेछन् । बिहीबार दिनभरि निर्जल निराहार बसेर व्रत लिने छन् । त्यस दिन साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँ-नयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्नेछन् । प्रायः परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्दछन् ।
छठ घाटमा व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्रीको अर्घ दिने छन् । त्यसपछि उनीहरु घण्टौ घाटमा बसेर पूजाअर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरु भने रातभरि त्यही भजनकीर्तन गर्छन् ।शुक्रबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र व्रत तोड्ने छन् । व्रतालुको घरघरमा बुधबार राति र बिहीबार बिहान पनि पिठोको ठेकुवालगायत प्रसाद पकाइने छ ।
झापा को दमक नगर पालिका ले गत आर्थीक वर्ष मा छ्टपर्व ब्यवस्थापन का लागी भनेर १० लाख बिनियोजन गरेता पनि रतुवा खोला छ्ट ब्यवस्थापन समिती लाई ५० हजार रुपैया मात्रै उपलब्ध गराएको थियो ।