चुलाचुली मा नापी मालपोत बिवाद , संघियता कार्यान्वयन संगै निर्णय लागु गर्न स्थानिय सरकार लाई सकस

देवेन्द्र पौडेल चुलाचुली/इलाम जिल्लाको चुलाचुली गाउपालिका मा मालपोत तथा नापी कार्यालयको सेवा सन्चालनको बिषय पछिल्लो समय निक्कै पेचिलो बन्दै गएको छ ।
२०७५ सालमा चुलाचुली गाउपालिका वडा नम्बर ४ का ८ जना स्थानियहरु सोमनाथ पोख्रेल,सुक बहादुर राइ,पुष्पराज राइ ,निर्मला दहाल,टंक केरुङ,गंगाराम हाङसुरुम्वा,राम प्रसाद राना राइ र कमल पोख्रेल ले संयुक्त रुपमा ५ रोपनी ५ आना जग्गा मालपोत तथा नापी कार्यालय सन्चालनका लागी चुलाचुली गाउपालिका को नाममा नि:शुल्क राजिनामा पास गरिएको थियो ।
नेपालको संविधान २०७२ अनुसार राज्य पुन:संरचना पश्चात २०७४ सालको पहिलो स्थानिय तहको निर्वाचन पछी देश संघिय लोकतान्तृक विकेन्द्रीत शासन प्रणाली अन्तरगत सन्चालन गर्ने गरी तीन तहका सरकारहरु रहने ब्यवस्था रहेको छ । जस अन्तरगत इलाम जिल्ला लाई ४९ वटा स्थानिय तहबाट १० स्ठानिय तहमा पुन संरचना गर्दै हरेक स्थानिय तहका केद्रहरु समेत तोकेर शासन ब्यवस्था सन्चालन गरी रहेको अवस्थामा नेपालको संविधान २०७२ अनुसार जिल्ला स्तरको काम भनेर छुट्टै तह छैन संविधानले संघ प्रदेश र स्थानिय तीन तह निर्धारण गरेता पनि परम्परागत रुपमा जिल्ला भन्ने संरचना प्रशासनिक एकाइका रुपमा मात्र रहेको छ । मुख्य तय परराष्ट्र निती सुरक्षा सेना शान्ती तथा स्थिरता,मुद्रा बैक नोट छाप्ने राष्ट्र बैक अन्तराष्टृय ब्यापार कुटनिती संघिय सडक रेल सेवा नागरिकता पासपोर्ट राष्टृय उर्जा निती ठुला आयोजना संघिय बिश्वबिद्यालय र राष्टृय स्तरको शिक्षा निती कार्यान्वयन गर्नका लागी साथै परिमार्जन र हेरफेर का लागी जिल्ला प्रशासन कार्यालय प्रहरी सेना तथा संघिय निकाय मार्फत सन्चालन गरिने ब्यवस्था गरिएको छ ।
चुलाचुली गाउपालिकामा सन्चालनका लागी माग गरिएको मालपोत कार्यलय र नापी कार्यलय दुबै भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत पर्दछन । भुमी ब्यवस्था बिभाग अन्तरगत मालपोत कार्यालय र नापी बिभाग अन्तरगत नापी कार्यालय सन्चालन हुने ब्यवस्था रहेता पनि जिल्ल सदरमुकाम बाहिर सन्चालन का लाईगी स्थानिय तहको माग जिल्ला प्रशासन कार्यालय को सहमती र संघिय मन्तृपरिषद को निर्णय आवश्यक रहने जानकारी छ । जसमा चुलाचुली गाउपालिकमा सन्चालन गर्ने भनिएको उक्त कार्यालय हरु सन्चालन का लागी मन्त्री परिषद को निर्णय बाकी रहेको जानकार ब्यक्ती हरु ब ताउछन
चुलाचुली गाउपालिका बाट सदरमुकाम सम्म जान भौगोलिक हिसाबले निक्कै टाढा रहेको र उक्त क्षेत्रमा मालपोत तथा नापी को कार्यालय अत्यन्तै आवश्यक रहेको कारण स्थानिय बासीले लाखौ पर्ने जमिन नि:शुल्क उपलब्ध गराएको बर्षौ हुँदा समेत कुनै सरकारी कार्यालय हरु निर्माण नहुँदा स्थानिय जग्गा दाताहरु स्वयम स्थानिय गाउपालिकाका प्रमुख उपप्रमुख प्र्शासकिय अधिकृत लगायत लाई ध्यानाकर्षण गराइ सकिएको र गाउपालिकाको कार्यापालिका बैठकले समेत २ पटक सो कार्यालय हरु चुलाचुली गाउपालिकाको ४ नम्बर वडामा नै रहने छ भनेर निर्णय गरी सकेको अवस्थामा अहिले आएर स्थानान्तरण को बखेडा निकाल्नु जायज र न्यायोचित नभएको बताउनु हुन्छ मालपोत तथा नापी कार्यालयका लागी जग्गा दान गर्नुहुने सोमनाथ पोख्रेल । संघर्ष र बलिदानी गर्ने बेलामा कौसीमा बसेर रमिता हेर्ने अनि अहिले आएर निर्माण सुरुवातीको चरण मा भांजो हाल्न खोज्नु अत्यन्तै दुखद रहेको पोख्रेल को भ नाइ छ ।
संघियताको मर्म र बिकेन्द्रीत शासन प्रणालिको मर्म अनुरुप भौतिक मानसिक तथा संवेगात्मक बिकास हुनु पर्छ र नागरिक लाई स्थानिय सरकार संघिय शाशन प्रणाली अनुसार नै सन्चालन भएको छ भन्ने प्रत्याभुती दिन का लागी प्रस्तावित मालपोत र नापी कार्यालय चुलाचुली गाउपालिकाको वडा नम्बर १ र २ को सिमाना मा उपयुक्त स्थानबाट सन्चालनका लागी आवश्यक प्रकृया अघाडी बढाउनका लागी वडा नम्बर १ र २ का जनप्रतीनिधी सहित स्थानिय बासीहरुले स्थानिय सरकार लाई ज्ञापन पत्र समेत बुझाए पछी ति नापी र मालपोत कार्यलय हरु सन्चालन का बिषय मा जनस्तर मै बहस सुरु भएको छ ।
बर्षौ देखी एउटै काम को लागी पटक पटक सास्ती भोग्दै आएका चुलाचुली बासी जनताका लागी चुलाचुली मै मालपोत र नापी कार्यालय सन्चालन हुनु अत्यन्तै खुशीको कुरा हो । उक्त कार्यलयको घेराबारा का लागी भनेर संघिय संसद सुहाङ नेम्वाङले केहि बजेट्को समेत सुनिशिचितता गरिसकेको अवस्थामा यता निर्माण स्थलको बिषय लाई लिएर स्थानियहरु बिच बिवाद र बिखण्डन को अवस्था सृजना हुँदा जसको गलत फाइदा लिने हरुको समेत त्यतिकै उपस्थिती रहने भएका ले स्थानिय सरकार ले यसको समान्वयकारी भूमिका खेल्दै अग्रगामी निर्णय गरेर आम चुलाचुली बासी लाई लाल पुर्जा बोकेर सदरमुकाम धाइ राख्नु पर्ने ब्यवस्थाको अन्त्य गर्नुपर्ने आवस्यकता देखिन्छ ।