झापाको दमकमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज बिहान ११ बजे दमकको पूर्व बसपार्कमा इलाम चुलाचुली –५ बस्ने ४२ वर्षीय राजेन्द्र राईलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

शङ्कास्पद अवस्थामा हिडिरहेका राईलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ४ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box