देवेन्द्र पौडेल चुलाचुली,झापाको कमल ५ स्थित केर्खा बजार मा रहेको केर्खा पब्लिक बोर्डिङ स्कुल मा ६ दिने शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम आज कार्तिक २० गते बाट सुरु भएको छ ।

उक्त तालिम को आज एक औपचारिक कार्यक्रम गरी उदघाटन गरिएको छ । उक्त औपचारिक कार्यक्रम का प्रमुख अतिथी कमल गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने ले पानस मा बत्ती बालेर कार्यक्रम को औपचारिक उदघाटन गर्नु भएको हो । उक्त तालिममा सहजकर्ताको भूमिकामा कुशल प्रशिक्षक, मोटिभेशनल स्पिकर तथा शैक्षिक व्यक्तित्व कृष्ण मिश्र हुनुहुन्छ।यस कार्यक्रमको प्रमुख अतिथि सूर्यप्रसाद न्यौपाने ज्यूले विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै बालबालिकाहरूको चौतर्फी विकासकोलागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै ६ दिवशिय तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस प्रकारको तालिम बर्षेनी गर्दै शिक्षकहरूमा मन्टेश्वरी प्रविधि सम्बन्धी ज्ञान र प्रविधिहरूको उच्चतम् प्रयोगमा सधै लगनशील रहनुपर्ने र बालमैत्री वातावरणमा सरल ढंगले शिक्षण गर्न शिक्षकहरू सधै लागि पर्नुपर्ने स्कूलका सञ्चालक/प्रिन्सिपल त्रिलोचन गौतमले बताउनुभयो ।यो तालिमले अब कसरी शैक्षिक पठनपाठन बालमैत्री ढंगले सरल र सहज तरिकाले मन्टेश्वरी विधिको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा स्कूलको निर्देशक कृष्णा आचार्य (गौतम) ले बताउनुभयो । भनें सो तालिम मार्फत १५ जना शिक्षक शिक्षिका हरु लाई सहभागी गराइएको बिद्यालय का प्रीन्सिपल त्रिलोचन गौतम ले जानकारी दिनु भयो ।

कार्यक्रमको सञ्चालन स्कूलका सञ्चालक/प्रिन्सिपल त्रिलोचन गौतमले गर्नुभएको थियो । उक्त केर्खा पब्लिक बोर्डिङ स्कुल मा हाल आधार भुत तह को कक्षा ८ सम्म २ सय ४५ जना विद्यार्थी हरु ले अध्यान गरिरहेका छन ।

Facebook Comments Box