चुलाचुली रंगमन्च को एघारौ साधारण सभा सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली/चुलाचुली गाउपालिका मा रहेको चुलाचुली रंगमन्चको एघारौ साधारण सभा हिजो कार्तिक २२ गते को अस्थाई कार्यालय चुलाचुली ४ आइतबारे मा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष चेतन आङथुपो को अध्यक्षता तथा चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगु को प्रमुख आतिथ्यता तथा स्थानिय समाजसेवी सरण आङथुपो , कान्छा लावती को आतिथ्यता मा सम्पन्न सो ११ औं साधारण सभाको खुल्ला सत्रमा अध्यक्ष चेतन आङथुपो, सचिब सन्तोश गिरी तथा कोषाध्यक्ष हेमराज बिश्वकर्मा ले आ -आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको बन्दसत्र ले चेतन आङ्थुपो को अध्यक्षता मा ७ सदसिय चुलाचुली रंगमन्च सन्चालन समिती लाई अनुमोदन गरेको छ जस, मा उपाध्यक्ष रमिला राइ, सचिब सन्तोश गिरी, सह-सचिब पुजन बस्नेत, कोषाध्यक्ष हेमराज बिश्वकर्मा र सदस्यहरु मा मनिस मगर तथा सुनिता दर्जी रहनु भएको छ । चुलाचुली रंगमन्च को ११ औ साधारण सभा को बन्दसत्र ले बसन्त राइको अध्यक्षता मा १५ सदसिय प्रावासी समिती तथा शिखा लिम्बुको अध्यक्षता मा ११ सदसिय चुलाचुली रंगमन्च उपसमिती समेत गठन गरेको छ ।
“बिश्वब्यापिकरण मा ग्रामिण सौन्दर्य को खोजी” भन्ने मुल नाराका साथ चुलाचुली बाट सुरु गरिएको नाट्यकला ले हाल राष्टृय स्तर का नाटकहरु मन्चन गर्ने गरेको छ । कला मार्फत समाज लाई सकारात्मक दिशा तिर डोहोर्याउन सकिने र कला मार्फत समाज मा ल्याएको परिवर्तन दिर्घकालिने हुने भएकाले हाल चुलाचुली रंगमन्च समाज परिवर्तन को एक अभिन्न अंग भएको छ ।
एक दसक उमेर बिताइसकेको चुलाचुली रंगमन्च को आफ्नो स्थाइ कार्यलय समेत ब्यवस्था गर्न नसकिरहेको अवस्थामा थुप्रै कलाकारहरु उत्पादन गरिसकेको छ । स्थानिय स्तर मा उत्पादन भएका कलाकारहरु लाई स्थानिय निकाय ले थप संरक्षण र प्रोत्साहन गर्न सके चुलाचुली लाई कलाकारहरु को उत्पादन केन्द्र बनाउन सकिने सम्भावना समेत देखिएको छ ।