ईलाम टाईम्स , माघ 16: प्रेस सेन्टर नेपाल सुनसरीले  धरान-१६ स्थित पन्चायत आधारभुत बिद्यालय(भकारी स्कुल) का बिद्यार्थीलाईआईतबार शैक्षिक सामग्री बितरण गरि खाजा खुवाएर १९ औ स्थापना दिवस मनाएको छ।  ९५ प्रतिशत भन्दा बढि सुकुम्बासी बस्तिकाबिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर सुनसरीले आफ्नो स्थापना दिवस मनाएको होकार्यक्रमका प्रमुख अतिथी सेन्टरका केन्द्रीय उप-महासचिव राजन केडि, सेन्टरका केन्द्रीय सदस्य केशब घिमिरे, सन्चार बिज्ञ एबमबामपन्थी बिष्लेषक राजेन्द्र किराँती,बरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाजा बितरण गरे। श्रमजीवीपत्रकारहरुको पक्षमा वकालत गर्दै आएको प्रेस सेन्टरले आफ्नो स्थापना दिवसमा देसभर विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरिमनाउदै आएको प्रमुख अतिथी केडिले बताए। उप-महानगरमा भएर पनि सन्चार माध्यम र सम्बन्धित निकायको ध्यान नपुगेको यसबिद्यलयलाई सहयोग गरेर स्थापना दिवस मनाउनु सर्हानिय काम भएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए। त्यस्तै सेन्टरका केन्द्रीयसदस्य केशब घिमिरेले प्रेस सेन्टरको स्थापना दिवसमा यस बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरि बिद्यालयको दुरावस्थाको बारेमासम्बन्धित सबै पक्षको ध्यानकर्षण गराउन यो कार्यक्रम गरिएको बताए। माओवादी केन्द्र धरानका अध्यक्ष एबम धरान-१७ का वडाअध्यक्ष सुर्य बहादुर (मनोज) भट्टराईले  प्राय कतिपय सङ्गठनको बार्षिकोत्सब एउटा बन्द हलमा शुभ-कामना आदान प्रदान गरेर मनाउनेहुदा प्रेस सेन्टरले बिद्यालयलाई सहयोग गरि फरक ढङ्गले स्थापना दिवस मनाउनु अन्यका लागि उदाहरणिय काम भएको बताए।बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले उप-महानगरमा भएर पनि पन्चायत आधारभुत बिद्यालय बत्ती मुनिको अँध्यारो भएकोबताए। बिद्यालयको अबस्था नाजुक भएकाले सन्चार माध्यम मार्फत यहाका समस्याहरु उजागर गरिदिन प्र ।अ ।भट्टराईले आग्रह गरे।९५ प्रतिशत भन्दा बढी सुकुम्बासी बस्तिका बिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सानो भए पनिशैक्षिक उन्नयनमा सहयोग पुगोस भन्ने उद्येस्यले शैक्षिक सामग्री बितरण गरेर स्थापना दिवस मनाएको सेन्टरका सुनसरी जिल्ला अध्यक्षतिर्थ कार्कीले बताए। कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्षजनक ऋषि राई, माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ), सेन्टरका १ न ।प्रदेस समिती अनुशासन बिभागकासम्योजक गोबिन्द बस्नेतको उपस्थिती थियो।त्यस्तै समाजवादी प्रेस सङ्गठन १ न प्रदेसका सचिब एबम नेपाल पत्रकार महासङ्घसुनसरीका सह-सचिव भोला श्रेष्ठ, सेन्टर प्रदेस समिती सदस्य सन्जय याखा, प्रेस युनियन धरानका अध्यक्ष मातृका नेपाल लगायतकोउपस्थिती थियो।कार्यक्रममा सेन्टरका सुनसरी जिल्ला उपाध्यक्ष अनिता रसाईलीले स्वागत मन्तब्य राखिन। कार्यक्रमको सन्चालनसेन्टरका धरान उप-महानगर अध्यक्ष बिनोद बिश्वकर्माले गरे। 

Facebook Comments Box