देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा सन्चालित “प्रथम चुलाचुली च्याम्पियन्स लिग फुटबल प्रतियोगिता” को उपाधी चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेको एच.के. स्पोर्टिङ क्लब ले जितेको छ ।

चुलाचुली वडा नम्बर ३ मा रहेको देउराली खेल मैदान मा आज सम्पन्न चुलाचुली २ को एम.एफ.सि. र चुलाचुली १ को एच.के. स्पोर्टिङ क्लब बिचको खेलमा टाइब्रेकर मार्फत एच.के. ले जित निकालेको हो ।
उक्त प्रतियोगिता को फाइनल खेल तथा प्रतियोगिता समापन का अवसर मा आयोजित एक औपचारिक कार्यक्रम मा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ प्रमुख अतिथी हुनुहुन्थ्यो भनें चुलाचुली गाउपालिका का सम्पुर्ण वडा का वडाध्यक्ष हरु विशिष्ठ अतिथी रहनु भएको थियो । साथै उक्त औपचारिक कार्यक्रम मा प्रतियोगितामा सहभागी सम्पुर्ण फुटबल टिम का अध्यक्ष हरु तथा अन्य सामाजिक तथा फुटबल प्रेमी ब्यक्तीहरु को उपस्थिती रहेको थियो । निर्धारित समयको पहिलो हाफको ३१ औ मिनेट मा एम.ए. सि. का जर्शी नम्बर ३३ का कलेन राइ ले गोल गरेका थिए । निक्कै रोमान्चक र प्रतिष्प्रधात्मक रहेको उक्त खेल मा दोश्रो हाफको लगभाग अन्तिम सम्म नै एम.एफ.सि. ले एच.के. को गोल गर्ने हरेक प्रयास लाई बिफल तुल्याएता पनि दोश्रो हाफ को ३६ मिनेट मा एच.के. का सन्जय धिमाल ले गोल गर्दै आफ्नो टिम लाई खेलमा फर्काएका थिए ।
खेल समयावधी मा १/१ को बराबारी भएकाले खेल लाई टाइब्रेकर मार्फत निर्णय मा पुर्याउने क्रममा एम.एफ.सि. का जर्शी नम्बर १० का रोहन चौधरी र जर्शी नम्बर ११ का राजन सुब्बा ले गोल गर्न नसक्दा उक्त क्लब ले उपबिजेता मै चित्त बुझाउनु पर्‍यो भनें उता एच.के. का भरपर्दा खेलाडी जर्शी नम्बर १४ का खेलाडी सन्जय धिमाल ले पनी पेनाल्टी मा गोल गर्न सफल भएनन ।

चुलाचुली गाउपालिका को फुटबल इतिहासमा नै नौलो प्रकार को यो प्रतियोगिता सन्चालन का लागी कैलाश थुलुङ को संयोजकत्व मा एक “च्याम्पियन्स लिग सन्चालन समिती” गठन गरिएको थियो र उक्त समितीले सन्चालन गरेको सो प्रतियोगिता मा चुलाचुली भित्रका १२ टिमहरु को सहभागिता रहेको थियो । स्थानिय फुटबल खेलाडीहरु को ब्यावसायिकता मा थप सहयोग पुर्याउन र स्थानिय फुटबल क्लबहरु को समेत स्तरउन्नती को अपेक्षा राख्दै गत श्रावण देखी सन्चालन भएको सो प्रतियोगिता को फाइनल खेल गत असोज २४ गते नै हुने भनिएता पनि बिविध कारण ले एक महिना ढिलो हुन गरेको हो । आज सम्पन्न फाइनल खेलमा अनुसासित खेलाडी का रुप मा एच.के. का जर्शी नम्बर १० का आशिस लिम्बु लाई नगद रु. १ हजार ले स्थानिय नेत्र खतिवाडा ले सम्मान गर्नु भएको थियो भनें बेष्ट किप्पर उपबिजेता टिम एम.एफ.सि. का बोनिश लिम्बु भए भनें ८ गोल गर्दै प्रतियोगिता कै हाइ स्कोरर एच.के. का जर्शी नम्बर १४ का सन्जय धिमाल बने । त्यसै गरी खेल समयावधी मा खेल को नियम पालना नगरेको भन्दै एम.एफ.सि. का जर्शी नम्बर ११ का राजन सुब्बा र जर्शी नम्बर २१ का मोती लिम्बु लाई मुख्य रेफ्री बिनोद सोडारी छेत्री ले पहेंलो कार्ड दिएका थिए । छत्रहाङ जबेगु को ब्यवस्थापन तथा ज्ञानु लावती को प्रशिक्षण मा रहेको एच.के. स्पोर्टिङ क्लब चुलाचुली १ ले प्रतियोगिता को बिजेता बने संगै ऐतिहासिक चुलाचुली च्याम्पियन्स लिग को ट्रफी , नगद रु. १ लाख र मेडल प्राप्त गरेको छ भनें प्रज्वल शाही को ब्यवस्थापन तथा युनिश लिम्बु को प्रशिक्षण मा सन्चालित एम.एफ.सि ले प्रतियोगिता को उपबिजेता बन्दै नगद रु. ५० हजार का साथ मा मेडल प्राप्त गरेको छ ।
चुलाचुली गाउपालिका स्थानिय सरकार ले प्रथम पुरस्कार प्रायोजन गरेको सो प्रतियोगिता मा दोश्रो पुरस्कार झापा दमक १ स्थित श्री इन्स्पाय र बोर्डिङ स्कुल ले प्रायोजन गर्नु का साथै सो प्रतियोगिता सन्चलन गर्न चुलाचुली का बिभिन्न वडा कार्यालय हरु, स्थानिय समाजसेवी खेल प्रेमी महानुभाबहरु को सहयोग रहेको थियो ।

Facebook Comments Box