सार्वजानिक गरिएकै दिन बिबादित बन्यो पालिका गान
देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका ले तयार पारेको आफ्नो पालिका गान आज चुलाचुली अस्पताल सन्चालन सहयोगार्थ सन्चालित महापुराण को पहिलो दिनको अवसर पारेर सार्वजानिक गरेको छ भनें किराँत राइ यायोक्खा ले उक्त गितप्रती आपत्ती जनाएको छ ।
राइ समुदाय को साझा सस्था किराँत राइ यायोक्खा चुलाचुली गाउकार्य समिती ले आझ एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त गित प्रती आपत्ती जनाएको हो साथै उक्त गित नसच्याए मा जस्तो सुकै कदम चाल्ने समेत धम्की दिएको छ ।
यायोक्खा चुलाचुली गाउ कार्य समिती अध्यक्ष सुदेश राइ तथा सचिब मिलन राइ द्वारा हस्ताक्षरित सो प्रेस बिज्ञप्ती मा भनिएको छ किराँती हरुको सिङ्गो मुन्धुम दर्शन संग जोडिएको मौलिक शब्द साकेला लाई अपमान गरी उक्त गितमा चण्डी शब्द प्रयोग गरिएको प्रती आपत्ती जनाएको छ ।साथै उक्त चण्डी शब्द सो गित बाट हटाएर मात्रै सार्वजानिक सभा समारोहमा प्रयोग गर्न अनुरोध गरिएको छ र आफुहरु को माग लाई उचित सम्बोदन नगरि कन अघाडी गए मा किरात राइ यायोक्खा जस्तो सुकै प्रतिकार गर्न समेत तयार रहेको चुनौती समेत प्रेस बिज्ञप्ती मा दिइएको छ ।
चुलाचुली गाउपालिकाले पालिका गान तयार गर्ने निर्णय भए संगै सम्पूर्ण गित रचनाकार हरु संग गित माग गरिएको थियो र प्राप्त ९ वटा रचनाहरु बाट चुलाचुली १ का श्रष्टा बिवस बलिभद्र कोइरालाको रचना लाई रेकर्ड गरी पालिका गान तयार गरिएको हो । उसो त सो पालिकागान छनौट चरणमै केही बिवाद र गुनासाहरु आएका थिए । गित छनौटमा पारदर्शिता नभएको भन्दै केहि रचनाकार हरुले नै गुनासो ब्यक्त गरेका थिए र पछिल्लो समय नेपालको संबिधानले खारेज सब्द प्रयोग गरी पालिका गान निर्माण गर्नु , गित छनौट कार्यलाई सेटिङ्ग गरी औपचारिकता मात्रै दिएको ले सम्बन्धित ब्यक्तीहरु र निकायहरु ले ख्याल नै नगरि गरिएको छनौटले गरिएको हुनाले नेपालको संबिधान ले बर्जित गरेको शब्दहरु नराखी पुन: तयार पार्नु पर्ने देखिन्छ ।