पाचौ फुङनाम च्यालेन्ज कप सन्चालन हुँदै
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ६ स्थित फुङनाम स्पोर्टिङ क्लब ले आगामी मंसिर ६ गते बाट पाचौ फुङनाम च्यालेन्ज कप फुटबल प्रतियोगिता सन्चालन गर्ने भएको छ ।
चुलाचुली ६ स्थित श्री राष्ट्र प्रेमी माध्यमिक बिद्यालय को खेल मैदानमा सन्चालन हुने उक्त पाचौ फुङनाम च्यालेन्ज कप पुरुष फुटबल प्रतियोगितामा इलाम,झापा,मोरङ,धनकुटा तथा तेह्रथुम जिल्लाका १६ फुटबल टिमहरु को सहभागिता रहने छ ।
मंसिर ६ गते देखी १४ गते सम्म सन्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख का साथमा ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने उप-बिजेता टिमले नगद रु. ५० हजार का साथमा ट्रफी,मेडल र प्रमाण पत्र पाउनुका साथै बिधागत पुरस्कार हरुले समेत खेलाडी हरुलाई सम्मान गरिने उक्त प्रतियोगिता को खेलतालिका सार्वजानिक भएसंगै खेल मैदानको तयारी पनि अन्तिम अवस्था मा पुगेको आयोजक सस्था ले जानकारी दिएको छ ।