शिखा लिम्बु बनिन चुलाचुली गाँउ बाल सन्जाल को अध्यक्ष
देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका भित्र रहेका सामुदायिक तथा सस्थागत बिद्यालय का विद्यार्थी हरुको साझा सस्था चुलाचुली गाँउ बाल सन्चालको आज सम्पन्न तेश्रो अधिवेशनले शिखा लिम्बुको अध्यक्षता मा १५ सदसिय गाँउ बाल सन्जाल पुन;गठन गरेको छ ।
चुलाचुली गाउपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा माताहतमा सन्चालित उक्त बाल सन्जाल को २/२ वर्षमा हुने अधिवेशन अन्तरगतको आज चुलाचुली गाउपालिकाको सभाहल मा सम्पन्न यो तेश्रो अधिवेसन हो । चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ , उपाध्यक्ष दिल कुमारी लावती तथा महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता पोख्रेल का साथै बिभिन्न बिद्यालयबाट उपस्थित शिक्षकहरु को उपस्थिती मा सम्पन्न सो तेश्रो अधिवेशनमा वडा बाल सन्जालका ३० जना प्रतीनिधी हरुको उपस्थिती मा सम्पन्न भएको थियो ।
आज सम्पन्न तेश्रो अधिवेशन ले बालज्योती मा.बि. मा अध्ययनरत छात्रा शिखा लिम्बु लाई चुलाचुली गाँउ बाल सन्जाल को अध्यक्ष मा निर्वाचित गरेको छ, त्यस्तै किराँतेश्वर मा.बि. का छात्र सन्दिप लावती लाई उपाध्यक्ष ,भानु मा.बि. का छात्र उत्सब न्यौपाने लाई सचिब , चुलाचुली अंग्रेजी बोर्डिङ स्कुल मा अध्ययनरत छात्रा करुणा दहाल लाई सह-सचिब र राष्ट्र प्रेमी मा.बि. कि छात्रा सेमिसा श्रेष्ठ लाई कोषाध्यक्ष मा छनौट गरेको छ भने सदस्यहरु मा शिवज्योती आ.बि. कि कोयल लिम्बु , भानु मा.बि. कि दिब्या लकान्द्री अनिश राइ मिक्लाचोङ मा.बि. ,साइरा राइ बाँझोगाउ मा.बि. नेहा लिम्बु जनता मा.बि. चुलाचुली १ , निरन गौतम जनता मा.बि. चुलाचुली १ , जनता मा.बि. चुलाचुली २ बाट अर्चना श्रेष्ठ , समिक्षा मगर सनफ्लावर एकेडेमी , अनुजा सुबेदी श्री अन्तु एकेडेमी र रिश्ता खनाल जनता मा.बि. चुलाचुली २ बाट रहेका छन।
नेतृत्व बिकासका लागी बिद्यालय तह बाटै अभ्यास गर्दा भबिस्य मा सही र समाज प्रती उत्तरदायी नितृत्व को परिपुर्ती हुने भएका ले कितावी ज्ञान का अलवा संगठानिक र नेतृत्व बिकास का कृयाकलापहरु मा बालबालिकाहरु लाई प्रत्यक्ष सहभागिता गराउदा समाजलाई फाइदा देखिनु का साथै पछिल्लो नेपालको संबिधान ले बालबालिका लाई संगठित भएर आफ्ना हकअधिकार र उत्तरदायी तथा जिम्मेवारीबोध गराउन का लागी स्थानिय सरकार ले सहयोग र सहजिकरण गर्नुपर्ने बताएको छ ।