एन.एम.सी. चुलाचुलीको ३२ औं साधारण सभा सम्पन्न
देवेन्द्र पौडेल , चुलाचुली/झापा को मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काकरभिट्टा मा मुख्य कार्यलय रहेको नेपाल बहुउद्धेश्य सहकारी सस्था चुलाचुली सेवा केन्द्र ले सस्थाको ३२ सौं साधारण सभा आज मंसिर ८ गते सम्पन्न गरेको छ ।
एन.एम .सि. चुलाचुली सेवा केन्द्र कार्यालय गत इकाइ समिती संयोजक तिलक सिं फागो को अध्यक्षता मा सन्चालित सो साधारण सभाको प्रमुख अतिथी चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी योङहाङ लिम्बु हुनुहुन्थ्यो भनें केन्द्रिय प्रतीनिधीका रुपमा नेपाल बहुहुद्धेश्य सहकारी सस्था डेरी बिभाग प्रमुख नवराज अधिकारी तथा लेखा सुपरिवेक्षण समिती सदस्य एकेन्द्र उप्रेती को उपस्थिती रहेको थियो ।
सस्थाको कन्काइ रतुवा क्षेत्र ख अन्तरगत पर्ने १३ वटा सेवा केन्द्रमा आज एकै साथ मंसिर ८ गते साधारण सभा सम्पन्न गरिएको हो । ३२ औं साधारण सभा मा सन्चालक समिती को तर्फ बाट प्रस्तुत १३ वटा एजेण्डा हरु माथी छलफल ,बहस पछी उपस्थित सेवा केन्द्रका एक चौथाइ शेयर सदस्यहरु ले उक्त एजेण्डाहरु लाई साधारण सभा मार्फत पास गरिएको हो ।
कार्यक्रम मा केदृय प्रतीनिधीका रुपमा आउनु भएका डेरी बिभाग प्रमुख नवराज अधिकारी ले स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भनें हाल सस्थाले सन्चलन गरेका ब्यावसाय हरु को बारेमा जानकारी तथा ति ब्यावसाय हरु को आर्थीक अवस्थाको बारेमा जानकारी गराउनु भयो भनें अर्का केन्द्रिय प्रतीनिधी एकेन्द्र उप्रेती ले एन.एम.सि. मा कार्यारत कर्मचारीहरु लाई नेपाल सरकार ले तोकेको न्युनतम तलब उपलब्ध गराएर सस्थामा आवद्ध गराउनु का साथै सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता गराउनु का साथै ६३ वटा भन्दा धेरै कार्यविधी निर्माण गरेर एन.एम.सि. ले कार्य सम्पादन गर्ने जानकारी दिनु भयो ।
कार्यक्रम मा चुलाचुली सेवा केन्द्र अन्तरगत रहेको इकाइ नम्बर ४ उत्कृष्ठ इकाइ घोषणा गर्नुका साथै उक्त इकाइ लाई सम्मान समेत गरिएको थियो भनें इकाइ समितीको तर्फबाट इकाइ नम्बर १ का संयोजक सन्त कुमार थाम्सुहाङ ले प्रती निधिमुलक मन्तब्य राख्नु बएको थियो । त्यसै गरी कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी गाउपालिका उपाध्यक्ष दिल कुमारी योङहाङ लिम्बु ले स्थानिय सरकार ले स्थानिय तहको आर्थीक सामाजिक तथा अन्य पक्ष लाई सुदृढ गर्दै लानका लागी बिभिध पक्षहरुमा अन्तरपालिका सहकार्य गर्न अनिवार्य छ । वहाँ ले भन्नु भयो ।
हाल सस्था ले ५ वटा ब्यावसाय हरु सन्चालन गर्दै आएको छ भनें कुल १ लाख ७१ हजार ८ सय ३६ जना शेय र सदस्य तथ ११ सय जना कर्मचारी हरु कार्यरत रहेका छन ।