देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ कमल मा रहेको फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको बार्षिक उत्सब बिविध कार्यक्रम गर्दै आज मंसिर १० गते सोमबार सम्पन्न भएको छ ।
फाल्गुनन्द नोमाङगेना सेवा संघ चुलाचुलीले आयोजना गरेको त्री-दिवशिय फाल्गुनन्द लाफयङ बहुभाषिक पाठषालाको नवौ वार्षिक उत्सब, माङ्गेना माङहिमको तेश्रो वार्षिक उत्सब तथा किराँत धर्मका धर्म संरक्षक तथा मुन्धुमविद देब बहादुर तुम्वापो को ८१ औ जन्म जयन्ती इलाम क्षेत्र नम्बर २ का संघिय सांसद सुहाङ नेम्वाङ को प्रमुख आतिथ्यता मा आज मंसर १० गते सम्पन्न भएको छ ।
फाल्गुनन्द नोमाङगेना सेवा संघ का अध्यक्ष डम्बर बहादुर तुम्वापोको अध्यक्षता मा सम्पन्न उक्त औपचारिक कार्यक्रममा इलाम २ का संघिय सांसद सुहाङ नेम्वाङ को प्रमुख आतिथ्यता तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिल कुमारी योङहाङ लिम्बु ,तथा सत्यहाङमा सेवा संघ का केन्द्रिय अध्यक्ष ज्ञानोदय लावती विशिष्ठ अतिथीको रुप मा रहेर सन्चालित उक्त औपचारिक कार्यक्रम मा बिभिन्न वडाका वडाध्यक्ष, स्थानिय शिक्षक, समाजसेवी, राजनितिक दलका प्रतीनिधि को उपस्थिती रहेको थियो ।

उक्त वार्षिक उत्सब कार्यक्रम मा चुलाचुली गाउपालिका भित्र रहेका समुदायिक बिद्यालयहरु बाट गत वर्ष को एस.इ.इ. परिक्षा मा सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने श्री जनता माध्यमिक बिद्यालय चुलाचुली २ कि छात्रा रबिना पोख्रेल, स्थानिय भाषामा सर्बोत्कृष्ठ विद्यार्थी पेनिसा चेम्जोङ तथा स्थानिय कला सस्कृती तथा नाट्य क्षेत्र मा बिषेश योगदान पुर्याउनु हुने मन महादुर योङहाङ लाई सम्मान तथा पुरस्कार समेत बितरण गरिएको थियो ।
कार्यक्रम मा सम्पुर्ण वडाध्यक्षहरुको तर्फबाट प्रतीनिधी मुलक शुभकामना मतब्य राख्नु हुँदै चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पुर्ण लावती “ध्रुब” ले स्थानिय भाषा सस्कार र सस्कृती तथा भेषभुषा संरक्षणका लागी संघ तथा प्रदेश सरकार ले केहि पनि सहयोग नगरि आ-आफ्नै गोजीबाट पैसा निकाल्दै बर्षेनी कार्यक्रम गर्दै आएको बताउनु भयो ।
कार्यक्रम मा च्याब्रुङ नाच, साकेला सिली ,कुलुङ जातीको सास्कृतिक नृत्य का अलवा “एस.इ.इ. सिङगिङ आइडल २०२४” कि बिजेता कुशुम माझी र “एस.इ.इ. डान्सिङ आइडल २०२४” कि बिजेता डिना चोङबाङ तथा राष्टृय कलाकाल रचना रिमाल ले समेत प्रस्तुती दिनु भएको हो । कार्यक्रम मा बोल्दै चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले अब चुलाचुली का सम्पुर्ण सामुदायिक बिद्यालय हरुमा आगामी शैक्षिक सत्र देखी किरांत र राइ बान्तवा भाषाको पठन-पाठन हरेक बिद्यालय हरु ले सन्चालन गर्ने बताउनु भयो ।

नो माङगेना सेवा संघले चुलाचुली १ कमल मा सन्चालित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला मा श्रीजंघा लिपी को पठनपाठन गर्ने गरिएको छ ।

Facebook Comments Box