देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिकामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ले सन्चालन गरेको लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत आज बैदेशिक रोजगारी द्वारा सिर्जित हिंसा तथा सामाजिक सन्जाल को दुरुपायोग बाट सृजना हुने हिंसा बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

चुलाचुली गाउपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजना रहेको सो कार्यक्रम चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी योङहाङ को अध्यक्षता तथा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता मा र चुलाचुली गाउपालिका भित्रका वडाध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, स्थानिय प्रहरी , बाल क्लबका प्रतीनिधी, स्थानिय संघसस्थाका प्रतीनिधी का साथै बिभिन्न सरोकारवाला बक्तीहरु को उपस्थिती मा सम्पन्न भएको हो ।

कार्यक्रम मा बैदेशिक रोजगारी ले निम्त्याएको लैङ्गिक हिंसाका सन्दर्भ मा उपस्थित महानुभाब हरु लाई बैदेशिक रोजगारी बाट फर्केर आएका ब्यक्ती हरुको पुन;मिलन कार्यक्रम ‘रेमी’ मेचीनगर नगरपालिका मा कार्यरत फडिन्द्र दहाल ले सहजिकरण गर्नु भएको थियो भनें सामाजिक सन्जालले निम्त्याएको लैङ्गिक हिंसाका बिषयमा चन्द्र सुर्य शिप बिकास सस्था दमक मा कार्यरत बिष्णु प्रसाद अधिकारी ले सहजिकरण गर्नु भएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ले मंसिर १० देखी २५ गते सम्म लाई हामी सबै को प्रतिवद्धता लैङ्गिक हिंसा अन्त्यका लागी ऐक्यवद्धता भन्ने राष्ट्रीय नाराका साथ लैङ्गिक हिंस बिरुद्ध को १६ दिने अभियान सन्चालन गरेको छ । नेपालले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाब उन्मुलन गर्ने महासन्धी १९७९ लाई १९९१ मा अनुमोधन गरिसकेको र सन १९९५ मा संयुक्त राष्ट्रसंघले चिनको बेइजिङ मा आयोजना गरेको चौथो बिश्व महिला सम्मेलन ले लैङ्गिक मुल प्रवाहिकरण लाई एक प्रमुख रणनिती का रुप मा लिइ १२ वटा क्षेत्रमा परिवर्तनको प्रतिवद्धता गरेको थियो र नेपाल सरकार ले लैङ्गिक हिंसा अन्त्यका लागी महिलाहरु को आर्थीक सशक्तिकारण लाई अनिवार्य बिषयका रुपमा मुखारित गरेको हुनाले यस बर्ष महिलामा लगानी वर्षको रुपमा मनाइने निर्णय गरेको छ ।

उक्त अन्तरकृया कार्यक्रम मा बोल्दै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले लैङ्गिक हिंसाहरु सास्कृतिक ,सामाजिक, आर्थीक बिभिन्न प्रकार ले हुने गरेको र यस्ता हिंसाहरु न्युनिकरण गर्न संघ, प्रदेश तथा स्थानिय तहहरु ले यस्ता कार्यक्रमहरु को आयोजना गर्ने गरेको बताउनु भयो । वहाँअ ले थप्नु भयो कार्यक्रमहरु गर्दा परिणाम आउने तरिका ले गर्नु पर्ने र पछिल्लो पुस्ता लाई असल सस्कार सिकाएर पुस्तान्तरण गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रमका सहभागीहरु ले बैदेशिक रोजगारी मा जाँदा भोगेका हिंसा का अनुभबहरु र नेपाल मा रहने परिवारले भोगेका बिभिन्न खाले सामाजिक ,सास्कृतिक हिंसा हरुको अनुभब समेत सुनाउनु भएको थियो ।
पछिल्लो राष्ट्रीय जनगणना २०७८ अनुसार १७१२ पुरुष र ४५१ महिला गरी कुल २१६३ जना चुलाचुली बाहिर रहेको र जसमा १९८९ जना बैदेशिक रोजगारी मा रहेको तथ्याङ्क छ जुन संख्याले मासिक न्युनतम २५ हजार का दरले कमाइ गरेमा मासिक ४ करोड ९७ लाख २५ हजार र वार्षिक ५९ करोड ६७ लाख रुपैया रेमिट्यान्स चुलाचुली भित्रीने देखिन्छ जुन रकम चुलाचुली गाउपालिका ले आर्थीक वर्ष २०८१/८२ का लागी बिनियोजन गरेको वार्षिक बजेट भन्दा १६ करोड ५४ लाख ३७ हजार बढी हुन आउछ ।

Facebook Comments Box