देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित श्री बाँझोगाउ माध्यमिक बिद्यालय ले आफ्नो ४५ औ बार्षिक उत्सव मनाएको छ ।
गत मंसिर १८ गते देखी २० गते सम्म सन्चालन गरिएको त्री-दिवषिय वार्षिक उत्सव कार्यक्रम आज मंसिर २० गते बिविध कार्यक्रम को आयोजना गर्दै सम्पन्न गरिएको हो । बिद्यालय ब्यवस्थापन समिती को अध्यक्ष ब्रत कुमार राइको अध्यक्षतामा तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यतामा सन्चालित सो ४५ औ वार्षिक उत्सब कार्यक्रम मा चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावती , प्रमुख प्रशासकिय अधिकृत दिल कुमार योङ्हाङ को विशिष्ठ अतिथ्यता रहेको थियो भने कार्यक्रम मा चुलाचुली गाउपालिका का बिभिन्न वडाका वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख ,बिभिन्न बिद्यालयका प्रधानध्यापक, बिभिन्न सामाजिक क्षेत्रमा सकृय रुपमा लागी रहनु भएका महानुभाब हरु को उपस्थिती रहेको थियो ।

मंसिर १८ गते अन्तर सदनात्मक,अन्तर कक्षगत बिविध खेलकुद प्रतियोगिता सन्चालन भएको थियो भने मंसिर १९ गते बिविध सास्कृतिक कार्यक्रमहरु सन्चालन गरिएको हो त्यसैगरी वार्षिक उत्सवको अन्तिम दिन मंसिर २० गते बिद्यालय लाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने महानुभाबहरु,पुर्व प्र धानध्यापक,पुर्व बिद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरु,पुर्व विद्यार्थी समाजका पदाधिकारीहरु, संघ सस्था , अक्षयकोष दाताहरु,जग्गा दाताहरु गरी जम्मा ६० जना महानुभाबहरु लाई सम्मान गर्नु का साथै बिद्यालयको नवनिर्मित भवन को समेत उदघाटन गरिएको छ । संघिय सरकार को १ करोड २५ लाख आर्थीक सहयोग मा निर्माण सम्पन्न सभाहल सहित को पक्की भवनलाई चुलाचुली गाउपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष ले संयुक्त रुपमा रिवन काटी औपचारिक उदघाटन गरिएको हो ।

कार्यक्रम मा बोल्दै बिद्यालयका प्रधानध्यापक गणेश प्रसाद अधिकारी ले भन्नुभयो स्थापना कालको ४५ वर्ष सम्म कमजोर आर्थीक अवस्थाले गर्दा औपचारिक कार्यक्रम गरेर आफ्नो वार्षिक उत्सव सम्म मनाउन नसकेको यस बिद्यालयले यस पटक भनें वडा कार्यलयको सहयोगमा तीन दिने बृहत वार्षिक उत्सव गर्न पाएको मा सिङ्गो बिद्यालय परिवार गाउपालिका तथा वडा कार्यलय प्रती आभारी रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रम का बिशेस अतिथी तथा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन बान्तवाले कार्यक्रम लाई सम्बोदन गर्दै राज्यले निती मात्रै बनाउने तर आफ्नो दायित्व बाट चाही पन्छिने गर्दा धेरै सामुदायिक बिद्यालयहरु तल परेको अवस्थाअ छ भन्नु भयो । निजी बिद्यालय हरुलाई सरकार ले नियन्त्रण गर्न नसक्दा शिक्षा लाई निजिकरण गरेर त्यस्ता बिद्यालयहरु लाई शैक्षिक ब्यापार गर्न सहजताका लागी सरकारले नै लचिलो निती बनाइ दिदा अभिभावक हरुको को ढाड सेक्ने काम भएको वहाँ ले बताउनु भयो ।
त्यसै गरी बिद्यालय को ४५ औ वार्षिक उत्सब कार्यक्रम का प्रमुख अतिथी तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले कार्यक्रम लाई सम्बोधन गर्दै भन्नु भयो आज को आवश्यकता स्मार्ट शिक्षा को हो र यस बाँझोगाउ मा.बि. लाई गाउपालिका ले बजेट बिनियोजन गरेर स्मार्ट टि.भि. हरु को ब्यवस्थापन गरेका छौ जसले गर्दा यस बिद्यालयको पुर्व प्राथमिक तहको शिक्षा को गुणस्तर बढने अपेक्षा छ । साथै यस बिद्यालय आसपास का बाटाहरु लाई समेत ब्यवस्थित र आवतजावत गर्नका लागी सहज गराउने सन्दर्भ मा कार्यपालिका मा छलफल गरिने र अनुगमन गरी आवश्यक बजेटको समेत प्रवन्ध गर्ने वहाँ ले प्रतिवद्धता जनाउनु भयो ।
साबिक चुलाचुली गाउबिकास समिती वडा नम्बर ९ र हाल चुलाचुली गाउपालिका वडा नम्बर ५ मा रहेको बाँझोगाउ माध्यमिक बिद्यालय मा हाल १ सय ८८ जना छात्राछात्रा हरु ले अध्ययन गरिरहेका छन भनें १९ जना शिक्षक कर्मचारी हरु कार्यरत छन । बिद्यालय ले आफ्नो ४५ औ वार्षिक उत्सव मनाउदै गर्दा बिद्यालय सन्चालन गर्न आइपरेका चुनौतीहरु , बिद्यालयले प्राप्त गरेका अवसर र उपलब्धी हरुको समेत गम्भिर समिक्षा र लेखाजोखा गरी बिद्यालय ब्यवस्थापन समिती ,स्थानिय अभिभावक ,शिक्षक कर्मचारी , स्थानिय निकायको समेत सहयोगमा बिद्यालय को शैक्षिक गुणस्तर बृद्धी गर्न आवश्यक देखिन्छ,अन्यथा निजी लगानी का बिद्यालयहरु तिर अभिभवकहरु आकर्षित भइ रहेको अवस्थामा सामुदायिक बिद्यालय हरु दिन दिनै धरासाही बन्दै जाने निष्चित छ ।

Facebook Comments Box