इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा ‘ए’ डिभिजन क्लब काठमाडौको सकङ्कटा क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा रोक्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलमा विजेता आयोजकका गोलरक्षक बिबेक मगर म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

आइतबार काठमाडौको न्युरोड टिम (एनआरटी) र भारतको जीटीए-११ दार्जीलिङबिच खेल हुनेछ ।

इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजकसहित नेपाली सेनाको त्रिभुवन क्लब, काठमाडौंको संकटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज बोइज युनाइटेट, मचिन्द्र फुटबल क्लब, झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए-११ दार्जिलिङ गरी आठ टोली सहभागी छन् ।

मङ्सिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपो विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँचलसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई पनि नगद रु २५ हजार पुरस्कार पाउनेछन् ।

Facebook Comments Box