आधारभुत अस्पतालमा बिषेश शिविर
देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित चुलाचुली आधारभुत अस्पताल मा क्षयरोग नियन्त्रण सम्बन्धी ए.आइ. एक्स-रे पद्धति मार्फत दुइ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन को आर्थीक सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत राष्टृय क्षयरोग केन्द्रको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको संयोजन मा कोसी प्रदेशका ४ जिल्लामा सन्चालित छाती तथा फोक्सो मा लाग्ने बभिन्न खाले रोगहरु को नियन्त्रण का लागी ए.आइ.एक्स-रे बिधीबाट सकृय क्षयरोग खोजपाडताल शिविर नाम दिएको उक्त शिविर इलाम का लागी चुलाचुली मा मंसिर २१ र २२ गते दुइ दिन सन्चालन भएको हो ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निक्कै नै प्रभाबकारी र भरपर्दो माध्यम आर्टिफिसियल इन्टेलिजियन्स (ए.आइ.) बिधीबाट कुनै पनि ब्यक्तीको छातीको एक्स-रे गरेर त्यहाँ भएका सुष्म समस्याहरु लाई समेत सहजै अध्ययन गर्न सकिने प्रविधी हो ।
चुलाचुली गाउपालिकामा सन्चालित उक्त २ दिने शिविरमा जम्मा ७ सय १४ जना ले सो नि:शुल्क सेवाको लाभ लिएका छन भनें जसमा क्षयरोग का संकास्पद १ सय २४ जना बिरामी हरुको क्षयरोग थप प्रमाणिकरण का लागी खकार को नमुना संकलन गरी प्रयोगशाला पठाइएको जानकारी दिदै शिविर सन्चालन गर्नुको मुख्य उद्धेश्य भनेको चुलाचुली गाउपालिका भित्र लुकेर रहेका क्षयरोगी हरु पत्ता लगाउनु हो र यस्ता क्षयरोगी हरु लाई चुलाचुली गाउपालिका ले नि:शुल्क उपचार गर्ने र अन्य रोगका रोगीहरु लाई समेत चुलाचुली आधारभुत अस्पतालले आवश्यक उपचार गर्ने चुलाचुली गाउपालिका स्वास्थ्य शाखा का प्रमुख दुश्यान्त दहाल ले जानकारी दिनुभयो ।
उक्त शिविर लाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश का स्वास्थ्य सचिब , स्वास्थ्य निर्देशनालय धनकुटा का प्रमुख ,कोशी अस्पताल बिराटनगर का मेडिकल सुपरिटेन्डेन, स्वास्थ्य कार्यालय इलामका प्रमुख तथा सेभ द चिल्ड्रेन का प्रदेश संयोजक का साथै बागमती सेवा समाज का प्रदेस संयोजक ले अनुगमन गर्नु भएको थियो भनें शिविरमा सहभागी बिरामीहरु को एक्स-रे गर्नका लागी प्राविधिकहरु अमित कुमार शाह र द्वारिकालाल यादव रहनु भएको थियो भनें स्वास्थ्य परामर्शका लागी डा सारांश घिमिरे रहनु भएको थियो । पहिलो दिन देखीनै सेवाग्राहीहरु को निक्कै बाक्लो उपस्थिती रहेको उक्त शिविर मा ५ सय जनाले सेवा लिने अनुमान गरिएता पनि अपेक्षा गरिएको भन्दा निक्कै धेरै संख्या मा बिरामीहरु उपस्थित हुनुभएको ब्यवस्थापक सस्था बागमती सेवा समाजका एक प्रतीनिधी ले जानकारी गराए ।
गत मंसिर २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ले उदघाटन गर्नु भएको चुलाचुली आधारभुत अस्पताल मा हाल एक जना मात्रै एम.बि.बि.स. डक्टर ले सेवा दिदै आएता पनि बिभिन्न स्वास्थ्य सेवा प्रदायक संघसस्था हरु संगको सहकार्य मा मानसिक रोग, स्त्री रोग, बालरोग , क्षयरोग लगायतका बिषेस सेवाहरु समेत प्रदान गर्दै आएको छ ।