चुलाचुली का बिभिन्न समुदायले मनाए उधौली पर्व

देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा बिभिन्न कार्यक्रम गर्दै उधौली धान्ने पुर्णिमा मनाइएको छ ।
बिषेश गरेर संवत फेरिए पश्चात उत्पादन भएका खाध्यबालीहरु उत्पादन गर्दा मारिएका किरा फटयाङग्रा लगायतका जिवजन्तु हरुको पापमोचन का लागी सामुहिक रुपमा परम्परागत नुवागी खाने कार्यक्रम यस धान्ने पुर्णिमा को मुख्य बिषेसता हो भनें किरात समुदायका याख्खा ले चसुवा , सुनुवार ले फोलोस्यादर , राइले उधौली साकेला र लिम्बु हरुले चासोक तङनाम नामले मनाउने गर्दछन ।
यसै क्रममा चुलाचुली क्षेत्रमा रहेर बसोबास गर्ने राई समुदायले अज एक बिषेस पुजाआजाको कार्यक्रम संगै सामुहिक नुवागी खाने कार्यक्रम सम्पन्न गरेका छन । प्राकृतिक पुजक राइ समुदायले आफ्नो परम्परागत साकेला नाच प्रस्तुत गर्दै चुलाचुली ४ आइतबारे मा रहेको सुम्निमा माङखिम मा आयोजित सो कार्यक्रम सामुहिक नुवागी ग्रहण गरिएको हो । उक्त अवसर मा सो माङखिम निमाण गर्दा देखी हाल सम्म बिभिन्न क्षेत्रमा सहयोग गर्नु हुने महानुभाब हरु लाई सम्मान समेत गरिएको थियो ।किराँती मुन्धुम अनुसार स्वर्गमा बस्ने पारुहाङ ले पृथ्वीमा बस्ने सुम्निमा लाई सुन्दर काँईयो उपहार पठाउदै बिवाह को प्रस्ताब गरेका थिए । बिवाह पस्चात चारजना सन्तान संगै रहेका पारुहाङ शिकार का लागी दुधकोशी किनार मा गएपछी फर्किएनन , धेरै वर्षपछी सुम्निमाले फेला पारेको मादक धार्मिक मालाको प्रभाब ले एक्कासी पारुहाङ फर्किए र पुन: नजाने वाचाबन्धन पछी सुम्निमा खुशीले नाचेको नाचलाई नै अहिले पनि साकेला नाचको रुपमा नाचिन्छ ।
त्यसरि नै आजै चुलाचुलीका हिन्दू धर्मावालाम्बी हरुले धान्यपुर्णिमा को अवसर पारेर समुहिक उधौली पुजा तथा धान्यान्चल कार्यक्रम सम्पन्न गरेका छन । चुलाचुली ४ स्थित श्री पुण्नेश्वर शिव पान्चायन मन्दिरमा सम्पन्न उक्त उधौली सामुहिक नुवागी ग्रहण कार्यक्रम को मुख्य उद्धेश्य र धार्मिक बिश्वास का बारेमा बोल्दै मन्दिरका अध्यक्ष थिर प्रसाद दहाल ले बालीनाली उत्पादन का क्रममा बिभिन्न जिवजिवात्मा हत्याको पापमोचन का लागी हवन गरेर मात्रै अन्न ग्रहण गर्ने गरेको किंवदन्ती सुनाउनु भयो ।
उधौली पर्व लाई बिभिन्न जाताजाती हरुले पारिवारिक तथा सामुहिक रुपमा मनाउने गरेका छन । लिम्बु,राइ तथा ब्राम्हण क्षेत्री बाहेक का अन्य समुदायले भनें पारिवारिक रुप मा मात्रै मनाउदै आएका छन ।