देवेन्द्र पौडेल ,चुलाचुली/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित आइतबारे बजार मा आज पौष ५ गते सुक्रबार गरिएको खुल्ला रक्तदान कार्यक्रम मा ६३ पिन्ट रगत संकलन भएको छ ।
सकृय युवा युनिट चुलाचुली इलाम र नेपाल रेडक्रस सोसाइटी उपशाखा चुलाचुली को संयुक्त आयोजना रहेको उक्त रक्तदान कार्यक्रम दमक उपशाखा को प्राविधिक सहयोग मा सन्चालन भएको हो भनें नेपाल रेडक्रस सोसाइटी आइतबारे इकाइ समिती ले कार्यक्रम लाई प्रायोजन गरेको थियो ।
मानव शरिर मा निरन्तर उत्पादन हुने रगत ३/३ महिना को अन्तराल मा नष्ट हुन सुरु हुने र यो नष्ट हुनु अगावै रक्तदान गरेमा अन्य ब्यक्तीहरु लाई काम लाग्ने भएको हुनाले पछिल्लो समय रक्तदान गर्न का लागी सबै उमेर समुहका मानिस हरु इच्छुक रहेको पाइएको छ । उक्त कार्यक्रम मा पहिलो पटक देखी ४४ औ पटक सम्म रक्तदान गर्ने सहभागी हरु पाइएको छ । सो रक्तदान कार्यक्रम मा समाज का बिभिन्न समुदायका माहानुभाब हरु सहभागी हुनु भएको मा धन्यवाद दिनु भयो आयोजक सस्था सकृय युवा युनिट कि सहसचिब समिक्षा अधिकारीले । साथै वहाँ ले थप्नु भयो रक्तदान जिवनदान को पुन्यकर्म हो र सो कार्यले मानिस को स्वास्थ्य मा कुनै असार नगर्ने तथ्य समेत प्रमाणित भएको वहाँले बताउनु भयो ।
उक्त कार्यक्रम मा नेपाल रेडक्रस दमक उपशाखा का तर्फबाट सिद्धार्थ दहाल को नेतृत्व को टोली आएको थियो भनें चुलाचुली उपशाखा का तर्फ बाट भिम बोहोरा , चन्द्र राइ, दिलमाया राइ लगायत को उपस्थिती रहेको थियो । सो रक्तदान कार्यक्रम मा बिभिन्न बिद्यालय का शिक्षक कर्मचारी , विद्यार्थी, स्थानिय जनप्रतीनिधी हरु लगायत को सहभागिता रहेको थियो भनें चुलाचुली ४ आइतबारे बजार मा निर्माणाधिन जेष्ठ नागरिक चौतारा परीसर मा सो कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments Box