चुलाचुली को ३ बिगाहा जमिनमा आलु खेती गरिदै
देवेन्द्र पौडेल,चुलाचुली/ इलामको चुलाचुली गाउँपालिका मार्फत सन्चालित आलुको साना ब्यावसायिक कृषी उत्पादन केन्द्र (पकेट कार्यक्रम) अन्तरगत चुलाचुली गाउपालिका मा रहेको चुलाचुली कृषी सहकारी लिमिटेड ले पौष ५ गते आलु रोप्ने कार्यक्रम सम्पन्न गरेको छ ।
चुलाचुली गाउपालिका को चालु आर्थीक वर्ष २०८१/८२ मा संघिय शसर्त अनुदान को प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना अन्तरगत को आलु पकेट बिकास कार्यक्रम सन्चालन का लागी चुलाचुली गाउपालिका र चुलाचुली कृषी सहकारी सस्था को लागत साझेदारी रहेको सो कार्यक्रम मार्फत आज पौष ५ गते चुलाचुली ३ सम्बृद्धी टोल मा ३ बिगाहा जमिन मा खुमल रातो जात को १८ क्विन्टल आलु रोपिएको छ ।
पछिल्लो समय चुलाचुली गाउपालिका भित्र तरकारी तथा तरकारी जन्य खाद्य बस्तु को माग अत्यन्तै बढिरहेको अवस्था र स्थानिय स्तर मा स्रोत साधनहरु उपलब्ध भएता पनि आवस्यक सिप,क्षमता,प्राविधिक सहयोग र उत्प्रेरणा अभाब का कारण तरकारी उत्पादन ब्यावसाय प्रती कसैको इच्छा र चाहना नभएको कारण गाँउपालिका भित्र रहेका कृषी सहकारी/कृषक समुह /कृषी फर्महरु लाई ब्यावसायिक तरकारी खेती तर्फ उन्मुख गराउन का लागी उक्त आलु पकेट कार्यक्रम सन्चालन भएको पाइएको छ ।
उक्त आलुपकेट कार्यक्रम सन्चालन का लागी स्थानिय दिलिप राइ र उनको परिवार को नाम मा रहेको ३ बिगाहा जमिन ५ वर्ष का लागी भाडामा सम्झौता गरेर सुरु गरिएको सो आलु पकेट कार्यक्रम चुलाचुली को अहिले सम्म कै सबै भन्दा धेरै क्षेत्रफल मा गरिएको आलु खेती हो भन्ने दावी कार्यक्रम सन्चालन को जिम्मा पाएको चुलाचुली कृषी सहकारी सस्था को रहेको छ ।
चुलाचुली गाउपालिकाले सन्चालन गरेको बिभिन्न पकेट कार्यक्रम अन्तरगत यस आर्थीक वर्ष मा माहुरी , आलु र लिच्ची पकेट कार्यक्रम सन्चालन मा रहेको जानकारी दिनु भयो चुलाचुली गाउपालिका वडा नम्ब र ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ ले । वहाँ ले थप्नु भयो सो पकेट कार्यक्रम अन्तरगत चुलाचुली १ र ६ नम्बर मा महुरी पालन कार्यक्रम २,३ र ४ नम्बर मा आलु पकेट कार्यक्रम तथा ५ नम्बर वडा मा लिच्ची पकेट कार्यक्रम रहेको जानकारी समेत दिनु भयो ।
यसै गरी सो आलु पकेट कार्यक्रम ३ बिगाहा जमिन मा १८ सय के.जि. आलुको बिउ रोप्न का लागी ५० जना भन्दा बढी श्रमिक प्रयोग गरिएको जानकारी चुलाचुली कृषी सहकारी सस्थाका अध्यक्ष मिलन रुम्दाली राइले जानकारी दिनु भयो । वहाँंका अनुसार आलुको उत्पादन लाई आर्ज्ञानिक र स्वास्थ्कर बनाउन का लागी रसायनिक मलहरु मा डि.ए.पि. ३ सय के.जि. को हाराहारी मा प्रयोग गरिएको र गडयौला मल १२ सय के.जि प्रयोग गरिएको बताउनु भयो ।
परम्परागत निर्वाहमुखी तरकारी खेती लाई बिस्थापित गर्दै आधुनिक शिप क्षमता प्रविधी र स्थानिय श्रोत साधन लाई सदुपायोग गरेर आफ्नो पालिका भित्र खपत हुने तरकारी को माग पुरा गर्न का लागी स्थानिय सरकार ले देखाएको तदारुकता र लगानी लाई स्थानिय जन ता ले समेत साथ दिदै कृषी उत्पादन जस मा पनि दैनिक भान्सा मा प्रयोग हुने तरकारी मा मात्रै आत्मानिर्भर बन्न सके पनि सम्बृद्धी को सुरुवाती भएको मान्न सकिने छ ।