अमृत बोर्डिङ स्कुल को पन्ध्रौ वार्षिक उत्सव सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर २ मा रहेको श्री अमृत बोर्डिङ स्कुल ले आफ्नो १५ औ वार्षिक उत्सब पौष ५ गते सम्पन्न गरेको छ ।
गत पौष ३ गते देखी सुरु भएको त्री-दिवशिय वार्षिक उत्सव कार्यक्रम मा अन्तर बिद्यालय स्तरिय बिभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरिएको हो । चुलाचुली गाउपालिका भित्र रहेका १० वटा बिभिन्न सामुदायिक तथा सस्थागत बिद्यालय का छात्रा-छात्र हरु बिच फुटसल तथा म्याराथन दौड प्रतियोगिता सन्चालन गरिएको उक्त वार्षिक उत्सव कार्यक्रम मा छात्रा तर्फ को फुटसल को उपाधी बालज्योती माध्यमिक बिद्यालय ले पन्चकन्या आधारभुत बिद्यालरी लाई ४/० गोल अन्तर ले पराजित गर्दै उपाधी जितेको छ । त्यसै गरी छात्र तर्फ को फुटसल प्रतियोगिता जनता माध्यमिक बिद्यालय चुलाचुली २ ले पन्चकन्या आधारभुत बिद्यालय लाई २/० गोल अन्तर पार्दै उपाधी जितेको हो । फुटसल मा छात्राहरु को तर्फ बेष्ट प्लेय र तथा हाइ स्कोरर बालज्योती मा.बि. कि नुमा लिम्बु भइन भने म्यान अफ द म्याच पन्चकन्या कि सिम्रन लिम्बु भइन ।
त्यसै गरी छात्र तर्फ बेष्ट प्लेयर पन्चकन्या आ.बि. का अनिश बराइलि , हाइ स्कोरर जनता मा.बि. चुलाचुली २ का रोहन कुमाल भए उनले प्रतियोगिता भरीमा ४ गोल गरेका थिए । त्यसै गरी छात्र तर्फ का म्यान अफ द म्याच जनता मा.बि. का धिराज गौतम बने । त्यसै गरी उक्त वार्षिक उत्सव मा २ दसमलब ५ किलोमिटर को म्याराथन दौड प्रतियोगिता समेत सन्चालन गरिएको थियो सो म्याराथन दौड प्रतियोगिता मा छात्र तर्फ बालज्योती माध्यमिक बिद्यालय का सन्जय चेम्जोङ प्रथम किराँतेश्वर मा.बि. का रोजन लिम्बु दोश्रो तथा बालज्योती कै असन मगर तेश्रो भए भनें छात्रा तर्फ चुलाचुली बोर्डिङ कि प्रतिक्षा राइ प्रथम पन्चकन्या आ बि कि रितिका श्रेष्ठ दोश्रो तथा पन्चकन्या कै सिमरान राइ तेश्रो भएकी हुन । फुटसल बिजेता तथा उपबिजेता दुबै टिम लाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने म्याराथन का बिजेताहरु लाई मेडल र प्रमाण पत्र ले सम्मान गरिएको थियो ।वार्षिक उत्सव को अन्तिम दिन पौष ५ गते एक औपचारिक कार्यक्रम को आयोजना गर्दै चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठले बिभिन्न खेल कुद प्रतियोगिता मा बिजयि/सहभागी खेलाडीहरु लाई पुरस्कार बितरण गर्नु भएको हो ।
सरकारी लगानी मा चलेका सामुदायिक बिद्यालय हरु सँग प्रतिष्पर्धात्मक हिसाब ले नभएर सहकार्य गर्दै अघाडी जाने हो र सरोकार वाला निकाय ले समेत निजी लगानी का सस्थागत बिद्यालय हरु लाई सौतेलो ब्याव हार नगर्ने हो भनें गुण स्त रिय शिक्षा का लागी सस्थागत बिद्यालय हरु चुलाचुली गाउपालिका का लागी बरदान सावित हुने देखिन्छ ।