देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा नौमती बाजा प्रवद्धन र संरक्षण का लागी १५ दिने नौमती बाजा बजाउने तालिम सन्चालन गरिएको छ ।
चुलाचुली गाउपालिका को आयोजना मा चुलाचुली गाउपालिका वडा नम्बर २ र ३ का दुइ वटा किर्तन मण्डलिका २८ जना महिला दिदीबहिनी हरु सो तालिम मा सहभागी भएका छन ।
पछिल्लो समय नौमती बाजा अत्यन्तै संकटमा परेको यसका बाध्यबादनहरु दुर्लभ हुँदै गएको साथै यसको माग भनें निरन्तर रहेका कारण चुलाचुलीका दिदीबहिनी हरु लाई स्वरोजगार बनाउन र आय आर्जन को श्रोत निर्माण साथै संकटापन्न अवस्थामा रहेको परम्परागत बाजाहरु को समेत संरक्षण हुने भएकाले यो तालिमको आयोजना गरिएको बताउनु भयो चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले ।
चुलाचुली गाउपालिका वडा नम्बर २ को दुर्गा मन्दिर कृतन मण्डली का १५ जना महिला र चुलाचुली ३ नम्बर मा रहेको सरस्वती कृतन मण्डली का १३ जना महिला सहभागी भएको उक्त १५ दिने तालिममा आफुहरु लाई घरपरिवार,समुदाय सबै पक्षबाट अत्यन्तै सहयोग रहेको र भविष्यमा यही सिपलाई सदुपायोग गर्दै आय-आर्जन गरेर परिवार को आर्थीक पाटो लाई सहयोग पुर्याउने साहस राख्नु हुन्छ तालिम मा सहभागी चुलाचुली ३ कि तारा पौडेल ।
हिन्दू,किरात,बौद्धिष्ट लगायतका समुदायले दु:ख सुख दुबै कार्यमा प्रयोग गर्ने गरिएको नौमती बाजा चुलाचुली गाउपालिका मा भने पुर्ण रुपमा हराइसकेको र यस्ता बाजाहरु बजाउने कुनै पनि व्यक्तिगत तथा सामाजिक सस्थाहरु नरहेको र यसमा प्रयोग हुने सनाइ,दमाहा,ट्याम्को,नरसिङ्गा जस्ता बाध्यबाजा हरु समेत समुदायमा अत्यन्तै कम संख्यामा पाइने भएकाले गाउपालिका मार्फत सन्चालित यो तालिमले उक्त नौमती बाजालाई पुन: प्रयोगमा ल्याउन सकिने अवस्था सृजना गरेको छ ।

स्थानिय स्तर मा नौमती बाजाको अभाब भएको र प्रशिक्षार्थीहरु को अत्यन्तै राम्रो लगाबका कारण एक हप्ता मै बाजाको सुर ताल मिलाउन सक्ने भएता पनि त्यसलाई पुर्णता दिनका लागी मंसिर २४ गते देखी पौष ८ गते सम्म प्रशिक्षण दिइएको बताउनु हुन्छ नौमती बाजा संरक्षणका लागी लामो समय देखी बाजा बजाउन सिकाउदै आउनु भएकी बिर्तामोड २ चारपाने कि मनिषा पाठक सिटौला ।
काथित जातिय बाजा को रुपमा चिनिने र त्यही समुदाय ले मात्रै बजाउनु पर्छ भन्ने गलत मानसिकता लाई चिर्दै यो बाजा सबैको साझा हो जसले पनि ब्यावसायिक बनेर आयआर्जन को श्रोत बनाउन सकिने छ भन्ने बदलिदो सोचको बिकास भए संगै चुलाचुली गाउपालिका भित्र आगामी दिनमा नौमती बाजा आवश्यक्ता परेमा झापा,मोरङ्ग धाउनु पर्ने बाध्यता समाप्त हुने आशा जगाएको छ उक्त १५ दिने तालिम ले ।

Facebook Comments Box