चुलाचुली मा भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
देवेन्द्र पौडेल, चुलचुली/क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । चुलाचुली गाउपालिका भित्र रहेका सिनै नाजरिन चर्च,जागृती चर्च,ज्योती चर्च लगायत ले विभिन्न कार्यक्रम गर्दै, शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ ।
मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो । प्रभु यसु को जन्म दिनको अवसरमा मनाइने यो कृशमस डे डिसेम्बर २५ का दिन चुलाचुलीका २४ वटा चर्चहरु बाट एकैसाथ मनाइरहेको र उक्त अवसर पारेर देश बिदेश मा रहनु हुने सम्पुर्ण लाई शुभकामना दिनुहुन्छ चुलाचुली ५ निवासी शिक्षक तथा सामाजिक ब्यक्तित्व डेनी राइ ।
पछिल्लो राष्ट्रीय जनगणना २०७८ को तथ्याङ्क अनुसार इलाम जिल्ला मा ९ हजार ८ सय २५ जनाले इसाइ धर्म अंगालेका छन भने चुलाचुली गाउपालिका को जम्मा जनसंख्या २३ हजार १ सय ५७ जना मा इसाइ धर्मावलम्विहरुको संख्या १ हजार ४३ जना मध्य ५ सय १३ जना पुरुष र ५ सय ३० जना महिला को रहेको छ जुन ० दसमलब ३ प्रतिशत हुन आउछ र उक्त धर्मप्रती आस्था राख्ने चुलाचुलीका महानुभाबहरु ले हाल २४ वटा चर्चहरु मार्फत धार्मिक कृयाकलाप गरिरहेका छन ।
यसै क्रममा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ,उपाध्यक्ष दिल कुमारी लावती,३ नम्बर वडाका वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ ,५ नम्बर वडाका वडाध्यक्ष बबिन राइ लगायतका जनप्रतीनिधी हरु समेत बिभिन्न चर्चहरु मा गरेर प्रत्यक्ष सहभागी हुनु भएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो ।