सफल आमा समुह ले गर्यो रक्तदान कार्यक्रम
देवेन्द्र पौडेल, चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ मा गठन भएको सफल आमा समुहले आज पौष १४ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेड्क्रस सोसाइटी चुलाचुली उपशाखा को प्राविधिक सहयोग तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ को प्रायोजनमा आयोजना गरिएको सो रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको छ । स्वास्थ्य क्षेत्रमा निक्कै महत्व का साथ हेरिने रक्तदान लाई नियमित ३/३ महिनाको अन्तरमा निरन्तरता दिएमा सारीरमा नष्ट भएर जाने रगतले अन्य बिरामीहरु लाई निक्कै ठुलो सहयोग गर्ने भएकाले यस कार्यलाई निरन्तर गर्नु पर्ने बिज्ञ हरुको भनाइ छ ।
आज सफल आमा समुह ले आयोजना गरेको सो रक्तदान कार्यक्रम मा पहिलो पटक देखी ६२ औ पटक सम्म रक्तदान दिने महानुभाब हरुको सहभागिता रहेको थियो ।
बिषेस गरी महिलाहरु लाई बिभिन्न शिपमुलक तालिममा सहभागी गराउने,महिला तथा बालबालिका हरुको क्षेत्रमा प्रतक्ष जोडिने उक्त आमा समुहले यस पटक भनें रक्तदान कार्यक्रम लिएर आएको र यस्ता सामाजित कार्यहरु गर्न पाउदा आफुहरु लाई एकदमै खुशी र सन्तुष्ट महसुस हुने बताउनु हुन्छ वडा स्तरिय सफल आमा समुह कि अध्यक्ष होम कुमारी राइ ।
पछिल्लो समय चुलाचुलीमा रक्तदानको कार्यक्रम हरु प्रशस्तै भइ राखेको र यस कार्यलाई सामाजिक चेतना बिकास को सुचांङ्क को रुपमा समेत लिन थालिएको छ । चुलाचुली गाउपालिका राजेन्द्र केरुङ , ३ नम्बर वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष सागर जवेगु का साथमा अन्य सामाजिक,राजनितिक ब्यक्तित्वहरु, महिला स्वयम सेविकाहरु समेत सहभागी सो रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत उपशाखा चुलाचुलीले नेपाल रेड्क्रस सोसाइटी दमक उपशाखा को दमक रक्तसन्चार बिभागलाई आधिकारिक रुपमा हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा ले अघिल्लो आर्थीक वर्षमा समुदाय मा आधरित स्वास्थ्य कार्यक्रम सन्चालन गरेको र चालु आर्थीक वर्षमा बिद्यालय केदृत भएका ले बिद्यालय मा पठनपाठन गर्ने विद्यार्थी हरुको आखाको जाँच तथा उपचार गर्ने गर्नु का साथै चालु आर्थीक वर्ष मा ४ पटक रक्तदान कार्यक्रम सन्चालन गर्दै २ सय ५० पिन्ट भन्दा धेरै रगत दमक स्थित रेडक्रसको ब्लड बैक मा जम्मा गरेको बताउनु भयो नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाका का संयोजक अबि नारायण खनाल ।
बिशेस गरेर बिपद ब्यवस्थापन मा ख्याती कमाएको नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा भनें रक्तदान कार्यक्रम मा मात्रै सिमित भइरहेको अवस्था मा पछिल्लो समय अन्य कृयाकलाप हरुले समेत प्राथमिकता पाउदा स्थानियहरु थप आसावादी बनेको पाइएको छ । चुलाचुली उपशाखा अन्तरगत रहेका ५ वटा इकाइहरु मा निर्माण सुरु गरेर सम्पन्न नभएका भवनहरु बाट चुलाचुली १ मा रहेको भवन, चुलाचुली ३ मा रहेको रेडक्रस को भवन र चुलाचुली ५ मा रहेको रेडक्रस भवन लाई स्थानिय तह को सहकार्य मा पुर्णता दिने बताउनु भयो नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा का सदस्य गंगा चापागाई ।
पछिल्लो ६ महिना मा चुलाचुली गाउपालिका भित्र मात्रै २ सय ५० पिन्ट भन्दा धेरै रगत संकलन गरेको र उपशाखा चुलाचुली ले संकलीत रगत कहाँ कसरी सदुपायोग हुँदैछ या मिती गुजृएर गइ रहेको छ अनुगमन गर्दै स्थानिय रक्तदाता हरु लाई समेत आवश्यक्ता परेको बेला रगत प्राप्त गर्न सहजिकरण गर्न का लागी आवश्यक देखिन्छ ।